त्रिवेणीले नगद र बोनस सेयर दिने, महाकाली विकास बैंकले पनि १२ प्रतिशत नगद दिने

बिजमाण्डू
२०६९ साउन २८ गते ००:०० | Aug 12, 2012

काठमाडौं । त्रिवेणी विकास बैंकका सयेरधनीले १३ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । शनिवार बसेका त्रिवेणी विकास बैंक सञ्चालक समिति बैठकले नगद र बोनस सयेर दिने निर्णय गरेको हो ।
त्रिवेणी बैकको यो बोनस प्रस्ताव राष्ट्र बैंकबाट अनुमति लिएपछि आगामी साधरणबाट स्वीकृत गराउने जानकारी नेपाल स्टक एक्सचेञ्जले दिएको छ । त्रिवेणीले नगद र बोनस सेयरको प्रस्ताव पारित गरे पनि स्टक बजारमा भने त्यसको कुनै पनि प्रतिक्रिया आएन । शनिवार त्रिवेणी विकास बैंकका सात कारोवारबाट ३५१ कित्ता सेयर प्रतिसेयर २२४ रुपैयाँमा कारोवार भएको थियो । आज त्रिवेणी विकास बैंकको सेयर मूल्यमा कुनै पनि परिवर्तन भएन ।
महाकाली विकास बैंकले सेयरधनिलाई १२ प्रतिसत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको २३ साउनमा बसेको बैठकले सेयरधनिलाई १२ प्रतिसत नगद लाभांश दिने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले स्वीकृती पछि साधारण सभाले पारित गरेको खण्डमा महकालीका लगानीकर्ताले प्रति सेयर १२ रुपैंया नगद प्राप्त गर्नेछन् । नगद लाभांशको सूचनासँगै बैंकको सेयर मूल्यमा आईतबार प्रति सेयर चार रुपैंयाले बृद्धि भई ११० पुगेको छ ।

Tata
GBIME
Nepal Life