सिभिलको आइपिओ यही वर्ष, ८० करोडको आइपिओ जारी गर्न विक्री प्रवन्धक नियुक्त

२०६९ साउन २७ गते ००:००
सिभिलको आइपिओ यही वर्ष, ८० करोडको आइपिओ जारी गर्न विक्री प्रवन्धक नियुक्त


काठमाडौं । सिभिल बैंक लिमिटेडले ८० करोड रुपैयाँ बराबरको सेयर निस्कान गर्ने भएको छ । ८० लाख कित्ता सेयर निस्कासनका लागि बैंकले नागरिक लगानी कोष, नबिल इन्भेस्टमेन्ट, एनसिएम मर्चेन्ट बैंक र एस क्यापिटललाई निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।
दुई अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सिभिलमा ६० प्रतिशत संस्थापक सेयर छ भने बैंकले ४० प्रतिशत सेयर सर्वसाधरणका लागि जारी गर्न लागेको हो । राष्ट्र बैंक, धितोपत्र बोर्डबाट क्लियरेन्स पाएपछि बैंकले यो वर्ष भित्रै आइपिओ गर्ने तयारी गरिरहेको छ ।

सेयर निस्कासनका लागि नागरिक लगानी कोष, नबिल इन्भेस्टमेन्ट, एनसिएम मर्चेन्ट बैंक र एस क्यापिटललाई निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेपछि हस्ताक्षर गर्दै प्रमुखहरू

TATA
GBIME

सेयर निस्कासन सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले प्राथमिक बजारमा वाणिज्य बैंकको साधरण सेयर खरिद गर्ने व्यक्तिहरु लाभान्वित रहने बताए । १९ महिनाअघि सञ्चालनमा आएको बैंकले ८ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरिसकेको छ ।
बैंकले ७ अर्ब २० करोड ऋण लगानी गरेको छ । बैंकका १३ शाखा सञ्चालनमा छन् । ९ वटा शाखा यसै वर्ष खोल्दै छ । सेयर निस्कासनपछि बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ । बैंकको मुख्य प्रवद्र्धकमा सिभिल समूहका इच्छाराज तामाङ छन् । बैंकमा तामाङको १४ प्रतिशत १६ लाख कित्ता सेयर छ । त्यसैगरी सृजना शाक्यको १० प्रतिशत १२ लाख कित्ता सेयर छ ।
बैंकमा एक अर्ब २० करोडको चुक्ता पुँजीका आधारमा ५२ जनाले शुन्य दशमलव पाँच प्रतिशतभन्दा बढी संस्थापक सेयर लिएका छन् । बैंकले यो वर्ष एक करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा कमाउने बताइएको छ । बैंक गतवर्ष दोस्रो त्रैमासमा ३० लाख रुपैयाँले घाटामा थियो । तर तेस्रो त्रैमासमा बैंकले ६७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।


Sunrise Bank