सरकार र व्यवसायीवीच १५ बुँदे सहमति, आजबाट यातायात सुचारु

बिजमाण्डू
२०६९ साउन २७ गते ००:०० | Aug 11, 2012

काठमाडौ । सरकार र यातायात व्यवसायीबीच शनिबार राती सहमति भएपछि आजदेखि सार्वजनिक यातायात सुचारु भएका छन् । दुई दिनसम्म सार्वजनिक यातायात ठप्प पारेर आन्दोलनमा उत्रिएका व्यवसायीसँग शनिबार राती १५ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका थिए ।
यातायात व्यवसायी संर्घष समितिले आफ्ना माग पूरा नभएमा आइतबारदेखि सबै सवारी साधन ठप्प पार्ने चेतावनी दिएका थिए । व्यवसायीले शुक्रवार र शनिबार सार्वजनिक यातायात ठप्प पारेका थिए भने निजी सवारी साधनलाई निर्वाध चल्न दिएका छन् ।

Tata
GBIME
Nepal Life