साताको अन्तिम दिन सुन फेरी पुरानै लयमा फर्कियो, ५७ हजारको सीमा नाघ्यो

बिजमाण्डू
२०६९ साउन २६ गते ००:०० | Aug 10, 2012
साताको अन्तिम दिन सुन फेरी पुरानै लयमा फर्कियो, ५७ हजारको सीमा नाघ्यो


काठमाडौं । साताको अन्तिम दिन शुक्रवार सुनले प्रतितोला ५७ हजार रुपैयाँको सीमा नाघेको छ । विहिवारको तुलनामा प्रतितोलामा तीन सय रुपैयाँ बढेपछि छापावाल सुन ५७ हजार एक सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि तीन सय रुपैयाँले बढेर ५६ हजार ८५० रुपैयामा पुगेको छ । गत आइतवार पनि छापावाल सुन ५७ हजार एक सय रुपैयाँमा कारोवार भएको थियो तर सोमवारबाट घट्न थालेको सुन शुक्रवार फेरी पुरानै लयमा फर्कियो । सुनको मूल्य बढे पनि शुक्रवार चाँदीको मूल्य भने स्थिर रह्यो ।

Tata
GBIME
Nepal Life