एनआइजे इन्भेष्टमेन्ट प्रालिको कारोबार सुरू, वित्तीय परामर्शदाता दिने

बिजमाण्डू
२०६९ साउन २६ गते ००:०० | Aug 10, 2012
एनआइजे इन्भेष्टमेन्ट प्रालिको कारोबार सुरू, वित्तीय परामर्शदाता दिने


काठमाडौं । व्यवसायिक परामर्शदाता, लगानीको व्यवस्थापन र वित्तीय परामर्शदाताको रुपमा काम गर्ने एनआइजे इन्भेष्टमेन्ट प्रालिले कारोबार सुरु गरेको छ ।  आर्थिक क्षेत्रका विज्ञहरुले प्रवद्र्धन गरेको इन्भेटस्टमेन्टले घरजग्गा, सेयर, कमोडिटी बजारमा लगानी गर्न चाहनेका लागि सल्लाह सुझाव समेत उपलब्ध गराउने छ । कम्पनीको कार्यालय राजधानीको पेप्सीकोलामा छ ।
नेपालमा लगानी गर्न चाहने अन्र्तराष्ट्रिय क्षेत्रका कम्पनीको लागि मध्यस्तकर्ताको भूमिका तथा नेपालमा बैदेशिक लगानी भित्राउनको लागि समेत काम गर्ने लक्ष्य कम्पनीले  लिएको छ । कम्पनीको भगिनी संस्थाका रुपमा सेक्युर्ड ट्राभल एण्ड टुर्सले नेपालको पर्यटन विकासमा काम गरिरहेको कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
कम्पनीको उद्घाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरे । उद्घान कार्यक्रममा नेपालले लगानी वर्षमा लगानी भित्राउन निज इन्भेस्टमेन्टले सकारात्मक भूमिका खेल्नु पर्ने बताए । कम्पनीका प्रवन्ध निर्देशक सरोज सरण शाहले लगानी वर्ष मनाएको समयमा कम्पनीले नेपालमा लगानीको नयाँ सम्भावनाहरुलाई खोजी गरेर उक्त क्षेत्रमा लगानी गर्ने बताए ।

Tata
GBIME
Nepal Life