भदौ ५ मा साधरणसभा गर्न नेशनल हाइड्रोलाइ कम्पनी रजिष्टार कार्यालयको निर्देशन

बिजमाण्डू
२०६९ साउन २५ गते ००:०० | Aug 9, 2012

काठमाडौं । एनबी समूहमाथि एकपछि अर्को समस्या थपिंदै गएका छन्, यता एनबी इन्सुरेन्स जोगाउनका लागि १५ करोड रुपैयाँको नगद व्यवस्था गरिरहेको एनबी समूहमाथि नेशनल हाइड्रोको साधरणसभा गर्न पनि दवाव परेको छ । कम्पनी रजिष्टारको कार्यालयले नेशनल हाइड्रोपावरलाई भदौ ५ गते भित्र साधरण सभा गर्न निर्देशन दिएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा तीन दिन अघि कार्यालय, धितोपत्र बोर्ड, नेशनलका कम्पनी सचिव, लगानीकर्तावीच भएको सहमति बमोजिम भदौ ५ गते साधरणसभा गर्न निर्देशन दिइएको हो ।
नेशनल हाइड्रोको सञ्चालकमा आफ्ना वर्चश्व गुम्ने भएपछि एनबी समूह साधरणसभा टार्न खोजिरहेको छ भने प्रतिफल प्राप्त नभएपछि लगानीकर्ताहरु साधरणसभाबाट व्यवस्थापनमा जान खोजिरहेका छन् । १० वर्ष अघि सुरु भएको नेशनल हाइड्रोले स्थापनाकालदेखि नै अहिलेसम्म लगानीकर्ताका लागि कुनै पनि प्रतिफल दिएको छैन । जबकी नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत अन्य सबै जलविद्युत कम्पनीले आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल दिइरहेका छन् ।
कम्पनीले यस अघि असार १७ गते नेशनलको चौथो र पाँचौं साधरणसभा बोलाएको थियो तर मताधिकारमा प्रोक्सी विवाद निकालेर त्यसलाई स्थगित गराइएको थियो । अर्को समूहले नक्कली प्रोक्सी ल्याएको भन्दै एनबी समूहले विवाद गरेपछि नेशनल हाइड्रोको साधरणसभा स्थगित भएको थियो ।
त्यसयता लगानीकर्ताहरु साधरणसभाका लागि धितोपत्र बोर्ड, जिल्ला प्रशासन कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालयमा धाइरहेका छन् । उता एनबी समूहले भने सकेसम्म त्यसलाई टारेर जान खोजिरहेको छ ।

Tata
GBIME
Nepal Life