नेपाल : हातहातमा मोवाइल योजनामै रह्यो, भारत : गरिवलाई सित्तैमा सेट र कल सुविधा

बिजमाण्डू
२०६९ साउन २४ गते ००:०० | Aug 8, 2012
नेपाल : हातहातमा मोवाइल योजनामै रह्यो, भारत : गरिवलाई सित्तैमा सेट र कल सुविधा


काठमाडौं । नेपाल सरकारको महत्वाकांक्षी योजना थियो, हातहातमा मोवाइल घरघरमा इन्टरनेट, नेपाल सरकारको योजना पुरा भएन तर भारतमा भने सरकारले सबका हातमा मोवाइल झुण्ड्यादिने भएको छ ।
भारतमा गरिवीको रेखा माथि रहेका सबैको हातमा मोवाइल छँदैछ, गरिवीको मुनी भएका भारतीय नागरिकसँग मोवाइल छैन, उनीहरुलाई केन्द्र सरकारले नै मोवाइल बाँड्ने भएको छ । सबैका हातमा मोबाइल स्किम अन्तरगत भारत सरकारले गरीबीको रेखामुनि रहेका आफ्ना नागरिकहरुलाई सित्तैमा मोबाइल वितरण गर्ने योजना बनाएको हो ।
भारतको केन्द्र सरकारले आफ्ना नागरिकहरु सुचनाको पहुँचबाट बञ्चित नहोउन भनेर यस्तो योजना बनाएको बताइएको छ । यो योजनाको सबै काम पुरा भएका र यसको घोषणा १५ अगष्टमा भारतीय प्रधानमन्त्रीले गर्ने अनुमान गरिएको छ । गरीबीको रेखामुनि रहेका सबै भारतीय नागरकले यो सेवाको उपभोग गर्न पाउने बताइएको छ । जसअन्तरगत बिनाकुनै शुल्क एउटा मोबाइल सेट र प्रत्येक महिना दुई मिनट बराबरको टकटाइम सुविधा दिइने भएको छ । भारत सरकारले करिव ६० लाख गरीब जनतालाई तत्काल यस्तो सुविधा दिने लक्ष्य बनाएको छ । यसअन्तरगत लाग्ने सम्पुर्ण खर्चको भार भारत टेलिकम मन्त्रालयले व्योर्होने बताइएको छ ।

Tata
GBIME