सुन तोलामा दुई सय रुपैयाँले महँगो भयो, चाँदी पनि पाँच रुपैयाँ चढ्यो

बिजमाण्डू
२०६९ साउन २३ गते ००:०० | Aug 7, 2012
सुन तोलामा दुई सय रुपैयाँले महँगो भयो, चाँदी पनि पाँच रुपैयाँ चढ्यो


काठमाडौं । सोमवार चार सय रुपैयाँले घटेको सुनको भाउ मंगलवार दुइ सय रुपैयाँले महँगो भएको छ । मंगलवारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले छापावाल सुनको मूल्य ५६ हजार आठ सय रुपैयाँ तोकेको थियो भने तेजावी सुनको मूल्इ ५६ हजार ३५० रुपैयाँ राखेको थियो । मंगलवार चाँदी पनि प्रतितोला पाँच रुपैयाँले महँगो भयो ।
सोमवार मात्र सुन प्रतितोला चार सय रुपैयाँले र चाँदी १० रुपैयाँले सस्तो भएका थिए । अन्तराष्ट्रिय बजारमा डलर कमजोर हुँदै गएपछि सुनको मूल्य माथि चढेको हो । त्यसमाथि नेपालमा चाढपर्वको सिजन सुरु भएकाले पनि सुनको माग बढेका कारण केही महँगो भएको व्यवसायीहरुले बताएका छन् ।

Tata
GBIME