न्युयोर्क । विश्वविख्यात सफ्टवेयर कम्पनि माइक्रोसफ्टले सरफेस ट्याबलेट बजारलमा ल्याउने घोषणा गरेको एक साता नवित्दै अर्काे प्रविधि महारथि गुगलले पनि आफ्नै ट्याब्लेट नेक्सस सेभेन सार्वजनिक गरेको छ । गुगलको यो घोषणसँगै प्रविधिका तीन महारथी माईक्रोसफ्ट एप्पल र गुगल बिचको प्रतिस्पर्धा थप रोमााचक हुने भएको छ ।
सफ्टवेयर डेभलपरको रुपमा आईटि व्यवसायमा परिचित एप्पलले आईपड आईफोन हुँदै आईप्याडसम्म पुगेको छ भने हार्डवेयर डिजाईन गरी प्राप्त गरेकेा सफलताबाट हौसिएका माईक्रोसफ्ट र गुगल यो क्षेत्रमा प्रवेश गरेपछि हार्डवेयर बजार तात्ने निश्चीत छ । यो प्रतिस्पर्धाले आम उपभोक्ताहरुलाई भने फाइदा नै पुग्ने छ ।
नेक्ससन ७ सँगै गुगलले आफ्नो चस्मा प्रोजेक्टको बारेमापनि जानकारी दिएको छ । चमत्कारी भनिएको यो चस्मा प्रोजेक्ट हाल विकासको क्रममा रहेको गुगलका सह-संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सर्जे बि्रनले बताएका छन् ।
मध्य जुलाईदेखि नै बजारमा आउने भनिएको गुगल नेक्सन ७ मा एण्ड्रोइडको नवीनतम भस्रन ४।१ जेली बिन प्रयोग गरिएको छ । अचम्मको कुरा के छ नेक्ससको उत्पादन गुललले हालै खरिद गरेको हार्डवेयर कम्पनी मोटोरोलाले नभई ताईवानको कम्पनी असुसले गर्नेछ । क्वाडकोर सिपियु र १२ कोर जिपियु ग्राफिक्स प्रोसेसिङ युनिट भएको यो ट्याबलेट ८ र १६ जिबि इन्टरनल मेमोरीका साथ बजारमा उपलब्ध हुनेछ । नेक्सस ८ जिबिको मुल्य १५९ पाउण्ड र १६ जिबिको मुख्य १९९ पाउण्ड हुने जनाईएको छ ।
नेक्ससको डिस्प्ले सात इाचको छ जुन किण्डल फायर र सामसुङको ग्यालेक्सी ट्याब २ ७।० को आकार जत्रै हो । आकारका आधारमा नेक्सस ७ एप्पलको आईप्याड ९।७ इन्च भन्दा सानो छ । साईज र मूल्य दुबैको तुलना गर्ने हो भने नेक्ससको सिधा प्रतिस्पर्धा किण्डल फायर र ग्यालेक्सी ट्याब २ ७।० सँग हुने देखिन्छ ।
३४० ग्राम तौल भएको नेक्ससमा डिफल्ट वेभ ब्राउजरको रुपमा गुगल क्रोम रहेको छ । एण्ड्रोइड डिभाईसमा क्रोमलाई डिफल्ट ब्राउजर राखिएको यो पहिलो डिभाइस हो । गुगल नेक्सस पहिलो चरणमा अमेरिका बेलायत अष्ट्रेलिया र क्यानाडामा मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
गुललले नेक्सस ७ सँगै नेक्सस क्यु नामको अर्काे एण्ड्रोइड डिभाइस सार्वजनिक गरेको छ । डिस्प्ले स्क्रिन नभएको यो डिभाईस अन्य उपकरणमा जोडेर प्रयोग गर्न सकिन्छ । विशेषगरी अडियो र भिडियो डिभाइसमा जोडेर प्रयोग गर्न सकिने यो उपकरणले अडियो एवं भिडियो स्ट्रिमिङ गर्नुका साथै मिडिया फाईलहरु रिड गर्ने गुगलले जनाएको छ । यसको मूल्य अमेरिकी डलर २९९ हुने गुगलको भनाई छ ।