सुजुकी इन्डियाको दिपावली उपहार, मारुती ८०० नयाँ फ्लेवरमा आउँदै



बिजमाण्डू
२०६९ असार १४ गते ००:०० | Jun 28, 2012

नयाँ दिल्ली । मारुती सुजुकी इन्डियाले २०१२ को अन्तिमसम्म ८०० सीसीको कार बजारमा ल्याउने भएको छ । वढी माइलेज दिने यो कारको मूल्य अल्टोभन्दा केही महँगो हुनेछ । स्रोतहरुका अनुसार कम्पनीले आगामी जुलाइ वा अगस्टमा व्यवसायीक उत्पादन थाल्ने छ । हरियाणाको गुडगाउँमा उत्पादन भैरहेको यो कार दिपावलीको अवसरमा कम्पनीले बजारमा उतार्ने तयारी गरिरहेको छ । आठ सय सीसीकै कार भएपनि पुरानोभन्दा यसको प्रविधि परिस्कृत हुने छ । कम्पनीको आधिकारिक वेभसाइट अनुसार मारुती ८०० को मूल्य भारतमा दुई लाख पाँच हजारदेखि दुई लाख ३० हजार भारु पर्छ । अहिले अल्टोको मूल्य दुई लाख ४० देखि तीन लाख ४३ हजार भारुसम्म पर्छ । मारुति सुजुकीका प्रवक्ताले भने यो विषयमा कुनै प्रतिकृया दिएका छैनन् ।
स्रोतका अनुसार कम्पनीले अहिले यसको परीक्षण उत्पादन गरिरहेको छ । कम्पनीले उपयुक्त प्यारामिटर नपुगेपछि मारुति ८०० को विक्री बन्द गरेको थियो । यसको विकल्पका रुपमा अल्टो कार आएको हो । अल्टो धेरै विक्ने कारमध्ये पर्छ । – इकोनोमिक टाइम्स

Tata
GBIME
Zonsen