सामसङ ग्यालेक्सी एस ३ नेपाली बजारमा उपभोक्ताले तीन सातापछि मात्रै पाउने

बिजमाण्डू
२०६९ असार १३ गते ००:०० | Jun 27, 2012

काठमाण्डौं । अन्तर्राष्टिय जगतमै चर्चा कमाएको सामसुङ ग्यालेक्सी एस थ्री मोबाइलको बुधवारदेखि औपचारिक रुपमा नेपाली बजारमा बिक्री सुरु भएको छ । सामसुङको नेपालको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजआइएमएसले नेपाली बजारमा ग्यालेक्सी एस थ्री ल्याएको हो ।
यो मोबाइलको मूल्य ६९ हजार तोकिएको छ । आइएमएसले एनसेलसँगको सहकार्यमा यो सेट बिक्री गर्दे आएको छ । सम्झौता अनुसार अझै तीन सातासम्म सर्वसाधरणले आईएमएससँग यो सेट खरिद गर्न सक्दैनने ।
एनसेलले छ हजार ४ सय ९९ रुपैयाँको मासिक किस्ताबन्दीमा एक वर्ष भित्र तिर्ने गरी यो सेट उपलब्ध गराइरहेको छ । सामसुङ एस ३ एनसेलसँगको बन्डिलंक समाप्त भएपछि मात्र उपभोक्ताले आईएमएसको मोबाइल क्याफेबाट किन्न सक्नेछन् । यो मोबाइल सेटलाई एप्पलको आइफोनपछिको चर्चित मानिएको छ ।
यो सेटमा ४।८ इन्चको स्क्रिन १।४ गिगाहर्जको क्वाड कोर प्रोसेसर र १६ जिबीको मेमोरी छ । यसमा फोनको घन्टी बजेपछि कानमा लैजाने वितिकै अन हुने विशेषता रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले बताए । आइएमएसका दीपक मलहोत्राले कारोबार र सेट बिक्रीका आधारमा छिटै सामसुङ नेपालको नम्बर १ ब्रान्ड हुने दावी गरे ।

Tata
GBIME
Nepal Life