उपभोक्ता कर्जाको व्याजदर घट्यो, घर कर्जा १०.९० प्रतिशत, सवारी कर्जा ११.२५ प्रतिशतमा

बिजमाण्डू
२०६९ साउन २१ गते ००:०० | Aug 5, 2012
उपभोक्ता कर्जाको व्याजदर घट्यो, घर कर्जा १०.९० प्रतिशत, सवारी कर्जा ११.२५ प्रतिशतमा

काठमाडौं । तरलता बढ्दै गएपछि बाणिज्य बैंकहरुले कर्जाको व्याजदर घटाउन थालेका छन । सीआरआर र विपन्न वर्गको कर्जामा छुट्टयाउनु परेको रकम बढेपछि बैंक व्याजदर बढ्ने अनुमान विपरित बैंकहरुले कर्जाको व्याजदर घटाउन थालेका हुन् ।
यस क्रममा आइतवार हिमालयन बैंकले आवास र यातायातका साधनका लागि दिने कर्जामा व्याज घटाउँदै नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आवास कर्जाका लागि पहिलो तीन वर्ष निश्चित व्याजदर १०.९०% निर्धारण गरिएको छ । त्यसैगरी सवारी साधन कर्जाका लागि पहिलो दुई वर्ष ११.२५% ब्याजदर तोकिएको छ । आवास कर्जाको सीमा ५ लाखदेखि १ करोडसम्म र सवारी साधन कर्जाको सीमा २ लाखदेखि २५ लाखसम्म तोकिएको छ ।
दुवै कर्जा प्रक्रियामा लाग्ने सेवा शुल्कमा समेत बैंकले  २५ प्रतिशत छुट दिएको छ । आवास कर्जाको अवधि २० वर्ष सम्मको र सवारी साधनको कर्जा अवधि ८ वर्ष तोकिएको र दुवै कर्जाको भुक्तानी समान मासिक किस्ताको आधारमा हुने पनि बैंकले प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।
साउन २२ गतेवाट लागूहुने हिमालयन बैंकको यो कर्जा योजनाले ग्राहकवर्गलाई व्याजदरको उतारचढावबाट मुक्ति दिलाउनु भएको बैंकले जारी विज्ञप्तिमा उल्लेख छ ।  यो कर्जा सुविधाबाट ग्राहक लाभान्वित हुने विश्वास पनि बैंकले लिएको छ । हिमालयन बैंकको यो योजनाले अरु ठूला बाणिज्य बैंकलाई पनि कर्जामा प्रतिश्पर्धा गर्नुपर्ने अवस्था ल्याएको छ ।

Tata
GBIME
Nepal Life