डलर महँगो भयो, सटही दर ८९ रुपैयाँ ५० पैसा, सुन उस्तै, चाँदी १० रुपैयाँले चढ्यो

बिजमाण्डू
२०६९ साउन २१ गते ००:०० | Aug 5, 2012
डलर महँगो भयो, सटही दर ८९ रुपैयाँ ५० पैसा, सुन उस्तै, चाँदी १० रुपैयाँले चढ्यो


काठमाडौं । आइतवार नेपाली मुद्रा ३३ पैसाले अवमूल्यन भएर साढे ८९ रुपैयाँमा पुगेको छ । विहिवार र शुक्रवार भारतीय बजारमा डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि त्यसको असर नेपालमा आज देखिएको हो । राष्ट्र बैंकले डलरको सटही दर ८९ रुपैयाँ १७ पैसा तोके पनि बाणिज्य बैंकहरुले ३३ पैसा बढाएर ८९ रुपैयाँ ५० पैसा तोकेका छन् । डलर महँगो भए पनि नेपाली बजारमा सुनको मूल्यमा भने कुनै परिवर्तन भएन । सुन केही दिनदेखि स्थिर छ तर चाँदी भने आज प्रतितोलामा १० रुपैयाँले बढेको छ ।

Tata
GBIME