नौ अर्ब रुपैयाँको यस्तो अपार्टमेन्ट (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ साउन १९ गते ००:०० | Aug 3, 2012
नौ अर्ब रुपैयाँको यस्तो अपार्टमेन्ट (तस्वीर समाचार)

न्युयोर्क । फोटो हेर्न फ्रीमा पाइन्छ, तर यहाँ रजगज नै जमाउने हो भने हातैमा भए पनि हुन्छ, नभए खातामै छ भने पनि हुन्छ, नौ अर्ब रुपैयाँ भने चाहिन्छ । नौ अर्व रुपैयाँमा पाइने यो हो तीन तले न्युयोर्कको अपार्टमेन्ट, जुन अमेरिकाको नै सबैभन्दा महँगो मानिएको छ र अहिले यो विक्रीमा राखिएको छ । न्युयोर्कको डब्लु ५६ स्ट्रिटमा भएको ७३ औंदेखि ७६ औं तलाको  मूल्य १० करोड डलर राखिएको छ । जग्गा व्यापार स्टिभ क्लारको स्वामित्वमा भएको यो अपार्टमेन्टमा आठ हजार स्क्वायर फिट छ । यो एउटा अमूल्य हिरासरह हो घर, बिक्रीकालागि सूचीकृत गर्ने कम्पनी प्रुडेन्सीयल डगलर इल्लिम्यानले जारी गरेको सूचनामा छ, यो जो कोहीका लागि पनि होइन, किनभने यसको मूल्य नौ अंकमा छ । न्युयोर्क टाइम्सबाट

धर्तीमा स्वर्ग :  यही भवनका माथिका तीन तला विक्रीमा राखिएको छ, जसलाइ सिटीस्पायर नाम दिएको  छ  र यो  सन् १९८८ मा बनाईएको हो । बनाउँदाको समयमा नै तत्कालिन नियम भन्दा अग्लो भएको हुनाले यसले विवाद सृजना गरेको थियो । १९९० को दशकमा देखिएको हाउजिङ क्रयासमा परेको बेला यसका मुख्य निर्माता ब्रुस आईचरबाट बैंकहरुले  आफनो  स्वामित्वमा सारेका थिए । रियल स्टेट डेभलपर स्टेभेन क्लारले सो घरको ७३ देखि ७६ औं तल्ला खरिद गरेका हुन । उनले यो घर  ४५ लाख डलरमा किनेका थिए भने त्यति नै रकम खर्चेर अहिलेको अवस्थामा सुसज्ति गरेको हुन ।

Tata
GBIME
Nepal Life


यस्तो नजारा : अष्टभुज आकारमा बनेको हुनाले अपार्टमेन्टका हरेका कोठाबाट शहरको मनमोहक दृश्य हेर्न सकिन्छ । घरमा एकसयभन्दा बढी झ्याल छन् । जुन झ्यालबाट हेरे पनि न्यूयोर्क शहरको मनोरह दृस्य हरेक दिन यस्तै लाग्छ ।


वरण्डामा अर्कै मज्जा  : घरका अन्य सुविधाहरुमा एक निजी तीन तल्ले लिफ्ट, शहरलाई ३६० डिग्रीबाट हेर्न सकिने गरि तयार भएको वरण्डा । वरण्डाको क्षेत्रफल शहरमा बनेका घरहरुमा हुनेमा सबैभन्दा धेरै भएको बताईन्छ ।


डाइनिङमा रवाफ : चाँदी अपार्टमन्टमा भएको डाइनिङ रुपमा २० जना साथीभाई जमघट गरेर खाना खान सकिन्छ । आधुनिकता र प्राचिनताको मिश्रण भएको यो डाइनिङ टेवल आर्कषक छ ।


वान पिस : अष्टभुज आकारमा रहेको अपार्टमेन्टकोको क्षेत्रफल ८ हजार स्क्वाएर फुट छ भने  भुँईमा मार्बल विछ्याइएको छ । बिक्रीकालागि सूचीकृत गर्ने कम्पनी प्रुडेन्सीयल डगलर इल्लिम्यानका अनुसार अपार्टमेन्ट अमेरिका भएका सुसज्जीत घर मध्ये पनि वान पिस मा पर्छ ।


किचनको के कुरा : अपार्टमेन्टमा चँदिको दराज पनि छ । यसैगरी १ हजार बोत्तल अटाउन सक्ने वाइन रुम छ भने किचनमा मासु काटनकालागि छुट्टै ठाउँ बनाइएको छ ।


बाथरुम नै यस्तो छ : हल्का हरियो रंगको मार्वल विछ्याईको बाथटवमा बसेपछि उठ्न मन लाग्दैन भने डेकोरेसन झनै मनमोहक छ । यसैगरी घरमा सुनौलो रंगको महंगो कार्पेट विछ्याइएको छ जसले घरको सुन्दरतालाई अनुपम बनाएको छ ।


आरामदायी निद्रा : यो घरमा छ वटा बेडरुम छन्, नौ वटा बाथरुम छन् र स्टाफहरुलाई बस्नका लागि छुट्टै क्वाटर पनि छ, हरेक बेडरुमबाट न्युयोर्कको दृष्य देखिन्छ । हरेक कोठाबाट सूर्य दर्शन गर्न सकिन्छ ।