सिटीभीको नयाँ मोवाइल बजारमा, सात हजारको मोवाइल साढे पाँच हजारमा

बिजमाण्डू
२०६९ साउन १९ गते ००:०० | Aug 3, 2012
सिटीभीको नयाँ मोवाइल बजारमा, सात हजारको मोवाइल साढे पाँच हजारमा


काठमाडौं । ब्राण्डेड मोवाइल बिक्री तथा एक घण्टे मोवाइल केयर चलाएर ख्याती कमाएको सिटीभी मोवाइलले भारी छुटका साथ अक्सिजनको क्वेर्टी मोवाइलको बिक्री सुरु गरेको छ । सेलुलर कम्युनिकेसन प्रालीले बजारमा ल्याएको ओक्युटु मोडलको सेट सीटीभी मोवाइलले विक्री सुरु गरेको हो । जीएसएमका डवल सिम लाग्ने उक्त सेटमा डवल स्ट्यान्डवाई, दुई मेगापिक्सलको क्यामरा, एमपीथ्री, थ्रीजीपी प्लेयर, जीपीआरएस, जाभा, व्लुटुथलगायतका फिचरहरु रहेका छन् ।
दुई हजार सम्म फोन नम्वर राख्न सकिने उक्त सेटमा आठ जीवीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ । फेसवुक, एमएसएन, याहु चलाउन मिल्ने उक्त सेटमा व्याट्री व्याकअफ अत्यन्तै राम्रो रहेको सिटिभी मोवाइलका प्रवन्ध निर्देशक अलाईव ग्लाइडरले बताउनुभयो ।
बजारमा अधिकतम मूल्य छ हजार ९९० रुपैयाँ पर्ने मोवाइललाई सीटीभीले अहिले पाँच हजार ५५५ रुपैयाँमा  विक्री गरिरहेको छ । यो अफर १५ दिनका लागि मात्र भएको कम्पनीले जानकारी दिएको छ ।
ताम्राकार कम्प्लेक्समा अवस्थित सीटीभी मोवाइल, सिटीभी केयर र न्युरोडमा अवस्थित सीटीभीकै अन्य आउटलेटहरुबाट यो मोवाइल खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life