काठमाडौ । सरकारले चामल निकासी फुकुवा गरेपछि ६० वटा व्यवसायिक कम्पनीले चीनमा चामल निकासी गर्न प्रस्ताव गरेका छन् । वाणिज्य विभागका अनुसार रसुवा र तातोपानी नाका हुँदै चामल निकासीको लागि यी कम्पनीले प्रस्ताव गरेका हुन् ।
सरकारले एउटा भन्सार नाकाबाट ५ हजार टन चामल निकासी गर्न पाउने प्रावधान राखेको छ । दुई साताअघि मन्त्रिपरिषद् बैठकले चामल निकासीमा लाग्दै आएको प्रतिवन्ध हटाएको थियो । सन् २००८मा विश्वव्यापी रुपमै खाद्यान्न संकट चुलिएपछि सरकारले चामल निकासीमा प्रतिवन्ध लगाएको थियो । कृषि मन्त्रालयका अनुसार सन् २०१०÷२०११मा खाद्यान्न बचत ४ लाख ४३ हजार टन थियो भने अघिल्लो आर्थिक वर्षमा ८ लाख टन छ । त्यो मध्ये ३ लाख चामल मात्रै बचत छ ।
