तरल राजनीतिले पर्यटनमा परेन असर, साढे ३८ हजार पर्यटक नेपालमा

बिजमाण्डू
२०६९ साउन १८ गते ००:०० | Aug 2, 2012

काठमाडौ । मुलुकको राजनीतिक अवस्था तरल रहे पनि पर्यटक आगमन भने कुनै प्रभाव परेको छैन । जुलाई महिनामा नेपाल आउने पर्यटक तीन हजार भन्दा बढीले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको जुलाई महिनामा ३८ हजार ४ सय ५३ जना विदेशी पर्यटक नेपाल आएका छन् जबकी गत वर्षको यही महिनामा ३५ हजार २ सय १२ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

Tata
GBIME
Nepal Life