संस्थानमा कार्यकारी नियुक्ती प्रक्रिया थालिने, सञ्चय कोषको प्रशासकबाट सुरु हुँदै

बिजमाण्डू
२०६९ साउन १८ गते ००:०० | Aug 2, 2012
संस्थानमा कार्यकारी नियुक्ती प्रक्रिया थालिने, सञ्चय कोषको प्रशासकबाट सुरु हुँदै

काठमाडौ । निर्वाचन आचारसंहिता नलागेपछि संस्थान समन्वय उच्चस्तरीय बोर्डले सार्वजनिक संस्थानमा कार्यकारी प्रमुखको छनौट थाल्ने भएको छ । निर्वाचन घोषणासँगै निर्वाचन आचारसंहिताले संस्थानमा प्रमुख कार्यकारी अधिकृत नियुक्ती रोकिएको थियो ।
निर्वाचन आयोगले आचारसंहिता नलाग्ने भनेपछि संस्थान नियुक्ती थाल्छ, बोर्डका कार्यकारी निर्देशक विमल वाग्लेले जानकारी दिए, उनले नियुक्तीका लागि सार्वजनिक सूचना जारी गर्ने समेत बताए ।
बोर्डले सबैभन्दा पहिले कर्मचारी सञ्चय कोषमा प्रशासकको नियुक्ति प्रक्रिया टुङ्गयाउने भएको छ । डा. रमेश भट्टराईले उमेर हदका कारण अवकाश भएपछि सञ्चय कोषमा प्रशासक पद खाली छ । त्यसैगरी संस्थान बोर्डले जलविद्युत लगानी तथा विकास कम्पनी र बीमा संस्थानको प्रशासक पदका लागि पनि विज्ञापन गर्ने भएको छ ।
बोर्डले यस अघि नै विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल वायु सेवा निगमको प्रवन्ध निर्देशकका लागि सार्वजनिक सूचना आव्हान गरेको छ । प्राधिकरणको प्रवन्ध निर्देशक र आयल निगमको कार्यकारी निर्देशकको छनोट प्रक्रिया अहिले सर्वोच्च अदालतमा गएर रोकिएको छ ।
 
 

Tata
GBIME
Nepal Life