काठमाडौं । ऋण नउठेर संभावित नोक्सानी व्यवस्था वापतको रकम बढेपछि एभरेस्ट फाइनान्सको नाफा घटेको छ । कम्पनीको नाफा १० प्रतिशतले घटेर ८७ लाख ९२ हजार रुपैयाँमा खुम्चिएको छ । कम्पनीको खुद ब्याज आम्दानीसमेत ३ प्रतिशतले घटेको छ ।
ऋण नउठेका कारण कम्पनीले नाफाबाट नोक्सानी व्यवस्थामा १ सय ७२ प्रतिशत वढीले रकम छुट्याएको छ । अघिल्लो वर्ष साढे ६ लाख रुपैयाँ छुट्एको फाइनान्सले यस वर्ष १७ लाख ८० हजार रुपैयाँ छुट्याउनु परेको हो । आम्दानीको प्रमुख स्रोत ब्याज आम्दानी ३.१२ प्रतिशतले घटेर २ करोड १० लाख रुपैयाँमा झरेको छ ।
राष्ट्र बैंकले कडाइ गरिरहेकै बेला फाइनान्सले रियलस्टेट कर्जा भने वढाएको छ । रियलस्टेट ऋण २ सय ६५ प्रतिशतले वढाएर १ करोड ७१ लाख रुपैयाँ पुर् याएको छ । रियलस्टेट ऋण वढेसँगै कम्पनीको कुल कर्जा पनि ३०.८६ प्रतिशतले वृद्धि भएको छ ।
कुल ऋण २३ करोड ८९ लाख रुपैयाँबाट वढेर ३ करोड १२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराव ऋणको अवस्था भने घटेको छ । अघिल्लो वर्ष खराव ऋण भएर संभावित नोक्सानी वापत कम्पनीले छुट्याएको केही रकम यस पटक उठाएको छ । यसले कम्पनीको खराव ऋण घटाएको हो । कम्पनीले २७ लाख ३८ हजार रुपैयाँ अघिल्लो वर्षको खराव ऋण उठाएको हो । यसले गर्दा खराव ऋण ३.२४ प्रतिशतबाट घटेर १.७६ प्रतिशतमा आएको छ । पुँजी पर्याप्तता अनुपात अघिल्लो वर्षको भन्दा केही घटेपछि यो कायम गर्नु पर्ने न्युनतम सीमाभन्दा एकदमै उच्च छ । अनुपात ३०.५४ प्रतिशत छ ।