काठमाडौं–ढाका बस सेवा छिट्टै, १०० नेपाली कृषि वस्तुलाई शुन्य भन्सारको सुविधा

बिजमाण्डू
२०६९ साउन १५ गते ००:०० | Jul 30, 2012

काठमाडौं । बंगलादेश नेपालका १०० कृषि उत्पादनलाई शुन्य प्रतिशत भन्सारमा निर्यातका लागि सहमत भएको छ । दुई दिनसम्म भएको नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा यस्तो सहमति बनेको हो । दुई वर्षपछि बसेको बैठकले काठमाडौं–ढाकावीच छिट्टै बस सेवा सञ्चाल गर्ने सहमति पनि गरेको छ । वाणिज्य सचिवस्तरीय वार्तामा नेपाली वस्तुको भन्सार छुट र व्यापार विस्तारमा देखिएका कठिनाई बारे छलफल भएको थियो ।
वाणिज्य वार्तामा भाग लिन बंगलादेशका वाणिज्य सचिव मोहम्मद गुलाम हुसेनको नेतृत्वमा सात सदस्यीय टोलीको तेतृत्व गरेका थिए ।
नेपालको तर्फबाट वाणिज्य सचिव लालमणी जोशीले नेतृत्व गरेका थिए । नेपालले बंगलादेशसँग नेपाली कृषि वस्तुलाइ शुन्य भन्सार दरमा प्रवेश दिन प्रस्ताव गरेको थियो ।  नेपालले कृषिवस्तुलाई विशेष सुविधा दिन बंगलादेशलाई आग्रह गरेको एक दशक भैसकेको थियो । तर बंगलादेशले पनि यस्तै विशेष सुविधा मागेपछि यो मुद्धा थाँती थियो । नेपाल – भारतबीचको वाणिज्य सम्झौताका कारणले नेपालले बंगलादेशलाई भारतको जस्तै सुविधा दिन सक्दैन । स्रोतका अनुसार नेपाल – भारतवीचको वाणिज्य सन्धीका कारण नेपालले विशेष सुविधा दिन नसक्ने बुझेका कारण बंगलादेशले एकतर्फी रुपमा नेपाली वस्तुलाई भन्साररहित सुविधा दिन सकारात्मक भएको हो । बंगलादेशमा मुसुरोको दाल र गोलभेंडाको माग उच्च छ ।
यो वाहेक दुई देशवीच व्यापार विस्तारमा देखिएका समस्या समाधानका बारेमा पनि बार्तामा छलफल भएको थियो । दुई देशको व्यापार विस्तारको लागि पूर्वाधार अभावले पनि समस्या पारेको छ । बैठकमा सन् २०१०को ढाकामा भएको वाणिज्य सचिवस्तरीय बैठकबाट अन्तर्राष्ट्रिय व्यापारका लागि नेपालले मोग्ला र चिटगाँउलाई ट्रान्जिट रुटका रूपमा प्रयोग गर्न पाउने व्यवस्था अझै कार्यान्वयनमा आउन नसकेको विषयलाइ पनि बैठकमा उठाएको थियो ।
यस्तै काँकडभिट्टा –फुलबारी – बंगलाबन्द मार्गमा देखिएका कठिनाई हटाउने बारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो । नेपाल–बंगलादेशबीचको व्यापारमा नेपाल व्यापार नाफामा छ । नेपालबाट ३ अर्ब भन्दा बढी सामान बंगलादेश निकासी भएको छ भने बंगलादेशबाट एक अर्ब बराबरको सामान नेपाल आयात भएको छ ।
यही बैठकको दौरानमा बंगलादेशले नेपालका लागि अनएराइभल भिसा सेवा दिने घोषणा समेत गरेको थियो । केही दिन अघि नै प्रक्रियामा आएको यस्तो सुविधाको जानकारी बंगलादेशले सचिवस्तरीय बैठकमा दिएको हो ।

Tata
GBIME
Nepal Life

यस सम्वन्धी समाचार पढ्न यो क्लिक गर्नुहोस् ।
http://www.bizmandu.com/content/-383.html#.UBZTBpFeP1Q