नेप्सेमा फेरी बल्यो रातो बत्ती, सूचक चार सय तल, कृषिका शेयरधनीले गुमाए

बिजमाण्डू
२०६९ साउन १४ गते ००:०० | Jul 29, 2012
नेप्सेमा फेरी बल्यो रातो बत्ती, सूचक चार सय तल, कृषिका शेयरधनीले गुमाए


काठमाडौं । चार सय अंक माथिको नेप्से परिसूचकको यात्रा धेरै दिनसम्म टिक्न सकेन । दुई महिनापछि ४०० अंक माथि उक्लेको नेप्से तीन दिन मै आइतवार चार सयको सीमाबाट तल झर्यो । आइबार कारोबार भएका ७५ कम्पनीमध्ये ५६ कम्पनीको सेयर मूल्य घटेपछि परिसुचक ५.५२ अंक (१.३८ प्रतिशत)ले घटदै ३९६.०२ मा रहेको छ । आईतबार १० कम्पनीको सेयर मुल्य बढेको छ भने नौ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
केहि दिन यता सामान्य गतिमा बृद्धि हुदै गईरहेको कृषि विकास बैंकको सेयर मूल्य आईतबार प्रति सेयर ११ रुपैंया (६.२१ प्रतिशतं) ले घटेको छ भने सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रति सेयर मूल्य सात रुपैंया (५.८३ प्रतिशतले घट्को छ ।
यसैगरी प्रोफेसनल विकास बैंकको सेयर मूल्य प्रति सेयर पाँच रुपैंयाँ (५.८० प्रतिशत)ले र पाथिभारा विकास बैंकको प्रति शेयर पाँच रुपैंया (५.७५ प्रतिसतले बढेको छ ।  आईतबार चार करोड ४६ लाख बराबरका सेयरहरु किनवेच भएकोमा चिलिमे हाईड्रोपावरको मात्रै ९७ लाख रुपैंयाको खरिदबिक्री भएको छ । यसैगरी एभरेष्ट बैंकको ७५ लाख बरारबरका सेयर खरिदबिक्री भए ।
अधिंकाश कम्पनीको सेयर मूल्य घटेका कारण सबै उपसूचकहरुमा रातो रंग देखिएको छ । जलविद्युत समूहमा ठुलो गिरावट आएको छ । यस समूहको परिसूचक १४.५ अंक (२.०४ प्रतिशत) ले घटेको छ । चिलिमेको सेयर मुल्यमा आएको गिरावटका कारण परिसूचक घटेको हो । आईतबार चिलिमेको नौ हजार नौ सय ७८ कित्ता सेयर खरिदबिक्री भएका थिए ।
कम्पनीको अन्तिम सेयर मूल्य प्रति सेयर नौ सय ७० कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा ३२ रुपैंयाले कम हो । यसैगरी जलविद्युतपछि उच्च घटेको अन्य समूहको परिसुचक ११.७५ अंक (१.९२ प्रतिसत) ले घटेको छ । नेपाल टेलिकमको मूल्यमा आएको गिरावटका कारण यस समूहको परिसूचक घटेको हो । आईतबार नेपाल टेलिकमको मूल्य विहिबारको तुलनामा प्रति सेयर १० रुपैंयाले घटदै ५१० मा आएको छ । समग्र बजार घटाउनमा समेत टेलिकमको सेयर मूल्यमा आएको गिरावटको प्रभाव देखिन्छ ।  

Tata
GBIME
Nepal Life