
काठमाडौं । भारतीय कम्पनी आइएलएण्डएफएसलाई त्रिभूवन विमानस्थलको व्यवस्थापन दिने सरकारी निर्णय कानुन विपरित हुने भन्दै सर्वोच्च अदालतले प्रक्रिया रोक्न आदेश दिएको छ । सर्वोच्चका तीन न्यायाधिशमध्ये दुई जना सुशीला कार्की र तर्कराज भट्टले सरकारले आइएलएण्डएफएसलाई विमानस्थल व्यवस्थापन दिन लागेको भन्दै त्यसलाई रोक्न आदेश दिएका थिए भने अर्का न्यायाधिश रामकुमार प्रसाद साहले भने भारतीय कम्पनीलाई व्यवस्थापन दिन लागे नलागेको टुङ्गो नभएको भन्दै राय बझाएका थिए । सरकारले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन विना प्रतिश्पर्धा दिन लागेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।