तल्लो मोदी जलविद्युतको निर्माण सुरु, साढे ३ अर्ब लागत, ११ बैंकबाट ऋण

बिजमाण्डू
२०६९ साउन १४ गते ००:०० | Jul 29, 2012

काठमाडौ । २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । पर्वत जिल्लाको चुवा, तिलाहार, दुर्लुङ, बाजुङ तथा देउपुर गाविसमा यो आयोजना पर्छ । यो आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग जलविद्युत खरीद सम्झौता समेत भइसकेको छ । आयोजनाका अनुसार वार्षिक ११ करोड ७० लाख युनिट विजुली उत्पादन गरी प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।  यो आयोजनाको लागत तीन अर्ब ६० करोड रहेको छ  भने आयोजना ४ वर्षमा सम्पन्न गरिने बताइएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैक लिड रहेको ११ वटा बैकहरुको समूहले लगानी गरेको छ ।

Tata
GBIME
Nepal Life