लीलामणि पौडेल बन्ने भए मुख्यसचिव, आजदेखि कामुको जिम्मेवारी

बिजमाण्डू
२०६९ साउन १४ गते ००:०० | Jul 29, 2012
लीलामणि पौडेल बन्ने भए मुख्यसचिव, आजदेखि कामुको जिम्मेवारी


काठमाडौं । साउन २० गतेबाट मुख्यसचिव पदभार सम्हाल्ने गरी सरकारले आइतवार लीलामणि पौडेललाई कामु मुख्यसचिवको जिम्मेवारी दिएको छ । मुख्यसचिवका विषयमा सत्तारुढ दल माओवादी र मधेशी मोर्चावीच विवाद भएपछि नियुक्तीलाई चासोका साथ हेरिएको थियो ।
मधेशी मोर्चाले वरिष्ठताका आधारमा शंकर कोइरालालाई नियुक्त गर्न प्रस्ताव गरेको थियो भने वरिष्ठता मिच्ने भए उमाकान्त झालाई नियुक्त गर्न प्रधानमन्त्री माथि दवाव बनाएको थियो ।
तर प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अरु सबै विकल्प बन्द गरी पौडेललाई नियुक्ति गर्न मन्त्रीपरिषद्मा प्रस्ताव गरेका थिए । पछि क्याविनेटले प्र्रधानमन्त्रीको प्रस्तावलाई सदर गरेको थियो । मुख्यसचिव माधव घिमिरे साउन २२ गतेबाट अवकाश पाउने भएपछि अहिले विदामा छन् । घिमिरेको विदा अवधिभर पौडेलले कामुको जिम्मेवारी सम्हाल्ने छन् ।
ल्हासामा महावाणिज्यदूत भैसकेका पौडेलले सूचना तथा सञ्चार, पर्यटन र गृह मन्त्रालयमा सचिवको भूमिका निर्वाह गरिसकेका छन् । उनी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव छन् । गृहमन्त्रालयमा सुधारका कार्यक्रम थालेपछि उपप्रधानमन्त्री विजय गच्छदारले पौडेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्न दवाव दिएका थिए । पौडेल निजामती प्रशासनमा खरो व्याक्तिका रुपमा चिनिन्छन् ।

Tata
GBIME
Nepal Life