
काठमाडौ । प्रभु मनी ट्रान्सफर र नेपाल बैकबीच रेमिट्यान्स रकम भुक्तानीको सम्झौता भएको छ । सो सम्झौतामा प्रभुका कार्यकारी अधिकृत राजेन्द्र शेरचन र नेपाल बैंकका व्यवस्थापन संयोजक महेश्वरलाल श्रेष्ठले विहिवार हस्ताक्षर गरेका हुन् । यो सम्झौतापछि विश्वको जुनसुकै मुलुकबाट प्रभु मनी ट्रान्सफरले भित्र्याएको रकम नेपाल बैंकको शाखाबाट भुक्तानी लिन सकिनेछ । नेपाल बैंकको देशभरी १ सय १० शाखा छन् ।
प्रभुले मलेसिया, खाडी, भारत र अमेरिकाबाट रेमिट्यान्स नेपाल भित्र्याउँदै आएको छ । यस्तै प्रभु फाइनान्स र नेपाल बैंकबीच पनि कुनैपनि शाखाबाट एक अर्काको शाखामा रकम पठाउन सकिने सम्झौता भएको छ । यो सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र बैकका व्यवस्थापन समूह संयोजक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।