एनबी इन्स्योरेन्स कम्पनीले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर दिँदै, साधारणसभा असार २८ मा

बिजमाण्डू
२०७० असार १३ गते ००:०० | Jun 27, 2013

काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले पुँजी वृद्धि गर्न लगानीकर्तालाई १० बराबर ८ हकप्रद सेयर दिने भएको छ । चुक्ता पुँजी वृद्धि गर्नु पर्ने भएकाले कम्पनीले हकप्रद सेयर दिन लागेको हो । कम्पनीको आगामी असार २८ गते  वस्ने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि हकप्रद निस्कासन हुने छ ।
एनबी इन्स्योरेन्सको अहिले १४ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी छ । बिमा समितिले गैरजीवन विमा कम्पनीहरुलाई पुँजी २५ करोड पुर्याउनु पर्ने निर्देशन दिएका कारण एनबी इन्स्योरेन्सले हकप्रद दिन लागेको हो ।

Tata
GBIME