
काठमाडौं । शंकर ग्रुप अफ इन्ड्रस्टिज एण्ड ट्रेडिङ्ग हाउसको सहायक इकाइ जगदम्बा ओभरसिजले फ्रेजर एण्ड निभ(एफएण्डएन) लिमिटेडले उत्पादन गर्ने हण्ड्रेड प्लस आइसोटोनिक ड्रिङ्क नेपालमा विक्रीका लागि डिष्ट्रिव्युटर प्राप्त गरेको छ । फ्रेजर एण्ड निभ रियलस्टेट, खाद्य तथा पेय, र मुद्ण उद्योगमा एसिया प्यासिफिकको अग्रणी कम्पनी हो । एफएण्डएनले खाद्य तथा पेय पदार्थमा अल्कोहलरहित हल्का पेय पदार्थ, डेरीजन्य उत्पादनको बजारीकरण र विक्री वितरण गर्दछ ।
सिङ्गापुर स्टक एक्स्चेन्समा समावेश एफएण्डएनले एसिया प्यासिफिक, यूरोप र अमेरिका लगायत विश्वका २० भन्दा बढी मुलुकमा सञ्जाल विस्तार गरेको छ भने दश हजार भन्दा बढी मानिसलाई रोजगारी प्रदान गरेको छ । जगदम्बा ओभरसिज प्रिमियम ब्राण्डको खाद्य तथा पेय उत्पादन आयात तथा विक्री वितरण गर्ने शंकर ग्रुपको अभिन्न व्यापारिक इकाइ हो । जगदम्बा ओभरसिजले हण्ड्रेड प्लस आइसोटोनिक पेयलाई नेपाली बजारमा विक्री सुरु गरेको हो । यो पेयले दिनभरिको थकानलाई पुनः जागृत गराउन कम्पनीको दावी छ ।
यो पेयमा रहेको काब्रोहाइड्रेट्स र इलेक्ट्रोलाइटस् अद्वितय मेलले शरीरमा पोषणको मात्रालाई बढावा दिनुका साथै तत्काल स्फुर्ती पाउन र आफ्नो दैनिक क्रियाकलाप उत्कृष्ट ढङ्गले पूरा गर्नसमेत मद्दत गर्ने कम्पनीको दावी छ । हण्ड्रेड प्लस रेगुलर, लेमन लाइम र ट्याङ्गी ट्यानजेराइन फ्लेवरमा उपलब्ध छ भएको र काठमाडौंका डिपार्टमेन्टल स्टोर लगायत अन्य सुविधासम्पन्न स्टोरमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ३२५ मि.लि. र ५०० मि.लि. पेट बोटलमा समेत यो उपलब्ध हुने जानकारी दिएको छ ।
कम्पनीका कार्यकारी निर्देशक आकाश जाटियाले हण्ड्रेड प्लस नेपालमा उपलब्ध भएपछि नेपालीले पहिलो पटक पेट प्याकमा अन्तर्राष्ट्रिय आइसोटोनिक ड्रिङ्कको स्वाद लिने मौका पाउने बताए । उनले यो पेय पूर्ण रुपले स्वस्थ्य र सबै वर्गका मानिसका लागि प्रभावकारी भएको समेत दावी गरे । यो पेय भित्र्याउने शंकर समूहका ३० वटा भन्दा बढी कम्पनी छन् । यी कम्पनी अन्तर्राष्ट्रिय व्यापार, स्टिल, माइनिङ्ग, रियल स्टेट, हस्पिट्यालिटि, सिन्थेटिक्स्, अटोमोबाइल तथा निर्माण साम्रगी, लगानी, सिमेन्ट आदि लगायत क्षेत्रमा फैलिएको छ । नेपालमा सबैभन्दा बढी कर तिर्ने र दश हजारभन्दा बढी मानिसलाई कम्पनीले रोजगार प्रदान गर्ने पनि कम्पनीले दावी गरेको छ ।