शिखर इन्स्योरेन्सले ४० प्रतिशत बोनस सेयर बाँड्ने, विमाशुल्क आम्दानी ४१ प्रतिशतले बढ्यो

बिजमाण्डू
२०७० असार ७ गते ००:०० | Jun 21, 2013

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई चालिस प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको आठौ वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो ।
कम्पनीले करका लागि २.१०५ प्रतिशतका दरले नगद लाभांस पारित गरेको छ । बोनस सेयर जारी भएपछि कायम हुने पुँजीमा कम्पनीले २ बराबर १को अनुपातमा हकप्रद सेयर समेत दिनेछ । कम्पनीका अध्यक्ष विकास जंगबहादुर राणाले गतवर्ष ८६ करोड ६१ लाख रुपैयाँ विमाशुल्क आर्जन गरेको बताए । यो अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढी हो ।

Tata
GBIME