लगातार तेस्रो दिन घट्यो नेप्से, नेशनल हाइड्रोको कारोवार रोकियो

बिजमाण्डू
२०६९ साउन ११ गते ००:०० | Jul 26, 2012
लगातार तेस्रो दिन घट्यो नेप्से, नेशनल हाइड्रोको कारोवार रोकियो


काठमाडौं । नप्से परिसूचक लगातार तेस्रो दिन पनि घटेको छ । विमा र जलविद्युत वाहेक सबै उपसुचकमा गिरावट आएपछि मंगलबार नेप्से परिसूचक ३.४८ अंकले घटदै ४०१.५४ अंकमा झरेको छ । परिसूचक लगातार ओरालो लागिरहँदा विहिबार काष्ठमण्डप विकास बैंकका सेयरधनीले उच्च लाभ प्राप्त गरेका छन् । काष्ठमण्डपको सेयर मूल्य प्रति सेयर नौ रुपैंयाले (९.७८ प्रतिसत) बढेर १०१ रुपैंया पुगेको छ । यसैगरी पूर्णीमा विकास बैंकका लगानीकर्ता उच्च गुमाउनेमा परेका छन् । पूर्णिमाको मूल्य प्रति सेयर ८ रुपैंयाले (८.७० प्रतिसत) घटेर ८४ मा झरेको छ । कारोबार रकमतर्फ भने एक करोड १९ लाख रुपैंया बराबरको सेयर कारोबार भएपछि किष्ट बैंक अग्रस्थामा रह्यो ।   
विहिवार परिसूचकसँग कारोबार रकममा समेत गिरावट आएको छ ।  विहिवार पाँच करोड ५१ लाख रुपैंया बराबरको सेयर कारोबार भएको छ । यो रकम यो साताको सबैभन्दा न्यून कारोबार हो । आईतबार र सोमबार दुवै दिन नौ करोडभन्दा बढीको कारोबार भएको थियो भने मंगलबार सात करोड ६६ लाखको कारोबार भएको थियो भने बुधबार १४ करोड ५२ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
नेशनलको कारोवार रोक्का
उता उजुरी परे पछि नेप्सेले नेशनल हाइड्रोको कारोवार रोकेको छ । एनबी समूहका लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहादुर श्रेष्ठको बहुमत सेयर भएको नेशनल हाइड्रोले समयमै वार्षिक साधरण सभा गर्न नसके पछि प्रवद्र्धक र साधरण सेयरधनीवीच ठूलो विवाद छ । साधरण सेयरधनीले साधरण सभा गरेर नयाँ सञ्चालक मनोनयनका लागि दवाव दिंदै आएका छन् । यही विषयको विवादले नेप्सेले नेशनलको सेयर कारोवार रोक्का गरेको हो ।  
साप्ताहिक नतिजा सकारात्मक
लगातार तीन दिन घटेपनि पहिलो दिनको उच्च बृद्धिका कारण नेप्से परिसूचक यस साता ६.०२ अंकले बढेको छ । आईतबार ९.२७ अंकले बढेको नेप्से परिसूचक सोमबार ३.६२ अंकले बढेको थियो त्यस यता लगातार तीन दिनसम्म क्रमशः २.०७, १.२६ र ३.४८ अंकले घटदा साप्ताहिक नतिाज सोचे अनुरुपको नभएको हो ।
आईतबार म्युचुअल फण्डको नियमावली पारित भएकाले लगानीकर्ता उत्साहि भई उच्च दरमा परिसुचकमा बृद्धि भए पनि बृद्धि टिकाउ हुन सकेन । यसैगरी बुधबार सेयर बजारमा एभरेष्ट बैंकको उच्च कारोबारले समग्र कारोबार रकम बढाए पनि नेप्से परिसूचकलाई बढाउन सकेको थिएन ।
बुधबार १४ करोड ५२ लाखको कारोबार भएको थियो । यस दिन एभरेष्ट बैंकको कारोबार उच्च (कुल कारोबारको ४४ प्रतिसत) भएको छ । एभरेष्टको छ करोड ३४ लाख रुपैंया बराबरका १०७२ कित्ता सेयर कारोबार भएकोमा पाँच करोड ८० लाख बराबरको म्याचिङ भएको थियो । एक नाममा रहको सेयर अर्काे नाममा नामसारी गर्ने कार्यलाई म्याचिङ भनिन्छ । यस्तोमा सेयर मूल्यमा घटवढ हुँदैन वा सामान्य परिवर्तन गरेर बजारलाई प्रभावित गर्न खोजिन्छ । म्याचिङ नेपाली सेयर बजारको सबै भन्दा पुरानो रोग हो ।

Tata
GBIME