काठमाडौं । रारा विकास बैंक, अपी फाइनान्स र रोयल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स गाभ्ने अन्तिम स्विकृतीका लागि तीनवटै संस्थाले असार ११ गते विशेष साधारणसभा बोलाएका छन् । यी तीनवटै संस्था एकीकृत भएर एपेक्स डेभलपमेन्ट बैंक लिमिटेड नाम हुनेछ । तीनवटै संस्थाको सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा शेयर मूल्य अनुपात एक बराबर एक निर्धारण भइसकेको छ । तीन संस्था गाभिएपछि राष्ट्रिय स्तरको विकास बैंक हुनेछ ।