
काठमाडौं।अर्थमन्त्री डा.युवराज खतिवडाले तेस्रो पटक अर्थमन्त्रालयका सहसचिव हेरफेर गरेका छन्।बजेट निर्माण हुने समयमा सहसचिव केवल भण्डारी,गणेश पाण्डे र किशोरजंग कार्कीलार्इ खतिवडालार्इ अर्थमन्त्रालयबाट वाहिर पठाएका छन्।
भण्डारी अर्थको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख थिए भने पाण्डे संस्थान समन्वय महाशाखा प्रमुख थिए।स्रोतका अनुसार भण्डारी सामान्य प्रशासन मन्त्रालयमा र पाण्डे युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।
कार्की आन्तरिक राजस्व विभागबाट एक महिना अघि सरुवा गरेर मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी दिइएको थियो।अर्थमा मुकुन्द पौडेल, मनमाया भट्टराई र नारायण रेग्मी भित्रिएका छन्।पौडेल उद्योग, भट्टराई निजामती किताब खाना र रेग्मी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट अर्थ भित्रिएका हुन्। पौडेल राजस्वका क्याडर हुन्।
कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला उनलाई अर्थबाट बाहिर पठाइएको थियो।यसअघि खतिवडाले राजस्व व्यवस्थापन महाशाखामा विश्वासपात्र रामशरण पुडासैनीलाई लगेका थिए। उनी यसअघि आर्थिक नीति विश्लेषण महाशाखामा थिए। आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी श्रीकृष्ण नेपाललाई दिइएको थियो। तोयम रायलाई भन्सार विभागको महानिर्देशक बनाउँदा नेपाललाई त्यहाँबाट अर्थ मन्त्रालय लगिएको थियो। उनी भन्सार विभागको उपमहानिर्देशक थिए।
खतिवडाले आन्तरिक राजस्व विभागको जिम्मेवारी विष्णुप्रसाद नेपालले पाएका छन्। उनी यसअघि अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख भएका थिए। नेपाललाई अघिल्लो अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा नियन्त्रकको कार्यालय पठाएका थिए। मन्त्री खतिवडाले केही सयमअघि भन्सारमा राय र ठूला करदाता कार्यालयमा धनीराम शर्माको सरुवा गरेका थिए।