मोदीले नेपालको एउटा सानो मुद्दा सुन्नै चाहेनन्, नेपालका तीन प्रधानमन्त्रीको खेर गयो बोली

बिजमाण्डू
२०७५ बैशाख २९ गते १४:१७ | May 12, 2018
मोदीले नेपालको एउटा सानो मुद्दा सुन्नै चाहेनन्, नेपालका तीन प्रधानमन्त्रीको खेर गयो बोली

काठमाडौं।सरकारले नेपाली ग्यास बुलेट संचालनका लागि प्रोत्साहन गर्न २०७३/०७४को बजेटमा ग्यास बुलेट आयातमा दुर्इ तिहार्इ भन्सार छुट दिने निर्णय गर्यो।

Tata
GBIME
Nepal Life

यो निर्णयसँगै नेपाल आयल निगमले नेपाली ग्यास बुलेट संचालनका लागि सार्वजनिक टेण्डर आब्हान गर्यो।ग्यास वुलेटका लागि आवेदन दिनेमध्ये ७ सय ७५ लार्इ निगमले अनुमति दियो।अनुमति दिएका मध्ये ५३ वटा ग्यास बुलेट तयार भयो।ग्यास बुलेट तयार भएपछि एकाएक भारतले संचालनका लागि अनुमति दिएन।भारतको एक्सप्लोसिभ विभागले प्रमाणीकरण नगर्दा ५३ वटा ग्यास बुलेट तयार भएर पनि संचालन हुन पाएका छैनन्।ग्यास बुलेट संचालनका लागि नेपालले उच्च तहको छलफल गरिसकेको छ तर नतिजा शुन्य आएको छ।

नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीले हालै भारत भ्रमणका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली बुलेट संचालनको वातावरण मिलाइदिन आग्रह गरेका थिए।ओलीले तीन पटक बुलेटको मुद्दा उठाएपनि मोदीले तत्कालै संबोधन नगरि दुर्इ देशको वाणिज्य मन्त्रालयस्तरीय बैठकले टुंग्याउने भन्दै यो मुद्दालार्इ पन्छाइदिए।ओलीले सुरुको दुर्इ पटक नेपाली बुलेट संचालनको लागि गरेको प्रस्तावलार्इ मोदीले कुनै जवाफ दिएनन् तर तेस्रो पटक भने दुर्इ देशको वाणिज्य मन्त्रालयस्तरीय बैठकबाट टुंगाउने भन्दै पन्छाए।तर दुर्इ देशको वाणिज्यसचिव स्तरीय अन्तरसरकारी बैठकले समेत ग्यास बुलेट चलाउने मुद्दा सल्टाएन।

‘हामी डेढ वर्षदेखि ग्यास बुलेट संचालनका लागि धाइरहेका छौं।हाम्रो प्रधानमन्त्री भारत जाँदा प्रमुखताका साथ मुद्दा उठेको छ।अहिले भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा हुनुहुन्छ।तर हाम्रो मुद्दाको कुनै सुनुवार्इ भएको छैन’ ग्यास उद्योगी धर्मराज बर्तौलाले बिजमाण्डूसँग भने,’भारतीय प्रधानमन्त्री मोदीज्यूले विभिन्न धार्मिकस्थलको भ्रमण गर्नुभएको छ र केही सहयोगको घोषणा गर्नुभएको छ।तर नेपाली बुलेटले ग्यास बोक्न पाउनुपर्ने सानो मुद्दा भने उहाँले पन्छाइरहनुभएको छ।द्धिपक्षीय व्यापारमा उहाँले राख्ने दृष्ट्रिकोण अझै फराकिलो पार्नुपर्ने देखिएको छ।’

ओलीलार्इ मात्रै होइन मोदीले शेरबहादुर देउवा र प्रचण्डले समेत नेपाली बुलेट संचालनका लागि गरेको आग्रहलार्इ वेवास्ता गरेका थिए।स्रोतका अनुसार भारतीय ट्रान्सपोर्टरले नेपाली ग्यास बुलेट चलाउन नदिन भारतीय प्रधानमन्त्री कार्यालयलार्इ समेत प्रभावमा पारेको छ।

उनले नेपाललार्इ आवश्यक ग्यास नेपाली बुलेटले बोक्न पाउनुपर्ने मुद्दा उठेपछि लगानी गरेको बताउँदै अहिले व्यवसाय गर्न नपाउँदा ऋणमा डुबेको बताए।‘भारतले विभिन्न प्रावधान देखाएर नेपाली बुलेटलार्इ संचालनमा रोक्न खोजेको बताउँदै भारतले ठूलो छाती देखाउनसक्नुपर्ने बताए।

‘भारतमा पुगेर नेपाली ट्यांकरले डिजल,मट्टितेल,पेट्रोल र हवार्इ इन्धन बोक्न पाउने तर ग्यास बोकिरहेका छन्।तर ग्यासलार्इ विभिन्न वहाना बनाएर रोकिएको छ,बर्तौलाले भने।उनका अनुसार भारतले बुलेट बनाउन रुट परमिट दिएपनि अहिले भारतबाट खाली बुलेट ल्याउन दिएको छैन।‘नेपालस्थित भारतीय दूतावासले एलपीजी बुलेट भनेर रुट परमिट दिएको छ।बुलेट बनेपछि त्यही ल्याउन भने रुट परिमट दिन रोकेको छ’उनले भने,भारतले अनावश्यक रुपमा नेपाली लगानीलार्इ निरुत्साहित गरेको छ।‘

वाणिज्यमन्त्रीसँग भेट
ग्यास उद्योगीले उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबसँग भेटेर ग्यास बुलेट संचालन गर्न नसक्ने परिस्थिती भएको भन्दै डिजल/पेट्रोल बोक्ने ट्यांकरमा परिवर्तन गरिदिन आग्रह गरेका छन्।

नेपाल ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले यादबलार्इ भेटेर यो आग्रह गरेको हो।‘हामी थेग्नै नसक्ने अवस्थामा पुगेपछि वैकल्पिक व्यवस्था गरिदिन मन्त्री यादबज्यूलार्इ आग्रह गरेका हौं’ उद्योगी बर्तौलाले भने,घरखेत बेचेर ऋण तिरिरहेका छौं।विकल्पनै नभएपछि अरु पेट्रोलियम पदार्थ बोक्नेगरि परिवर्तन गरिदिन आग्रह गरेका हौं।‘ तर मन्त्री यादबले डेढ महिनाभित्र बनिसकेको ५३ वटा ग्यास बुलेट संचालनको वातावरण बनाउने प्रतिवद्धता जनाएका छन्।