ग्याँस उद्योग संघको विरोधलाई निगमले टेरेन, भदौबाट दुई रंगका सिलिण्डर

बिजमाण्डू
२०६९ साउन ११ गते ००:०० | Jul 26, 2012

काठमाडौ । ग्याँस उद्योगी संघको कडा विरोधका वावजुद पनि नेपाल आयल निगमले व्यवसायिक ग्याँसका लागि सिलिण्डरको व्यवस्था गर्न  उद्योगलाई निर्देशन दिएको छ । निगमले ग्यास बोटलिङ प्लान्टको सैद्धान्तिक सहमति लिएका ग्यास उद्योगले व्यवसायिक प्रयोजनका लागि १९ किलोको सिलिन्डर बजारमा ल्याउनुपर्ने बताएको छ । निगमले नयाँ आउने ग्यास बोटलिङ प्लान्टले पचास प्रतिशत १४.२ केजीको र पचास प्रतिशत १९ किलोको ल्याउनुपर्ने प्रावधान लगाएको हो ।
निगमले विहिवार बजारमा ल्याउँदा नै १९ किलोको सिलिन्डर ल्याउनुपर्ने निर्देशन जारी गरेको छ । निगमबाट ग्यास बोटलिङ प्लान्टको सैद्धान्तिक सहमति लिएका १४ वटा बोटलिङ प्लान्ट छन् । निगमले भदौदेखि दुईथरी सिलिन्डर कार्यान्वयन ल्याउने र अहिले सञ्चालनमा रहेका उद्योगले १४.२ किलोमै निलो रङ पोतेर व्यवसायिक क्षेत्रमा बिक्री गर्नुपर्ने निर्देशन समेत दिएको छ । सबै बोटलिङ प्लान्टको सिलिन्डरलाई पचास प्रतिशत घरायसी र पचास प्रतिशत व्यवसायिक बनाउन निर्देशन दिएको छ । तर यो प्रस्तावप्रति ग्यास उद्योग संघले असहमति जनाउँदै कार्यान्वयनमा जानै नसक्ने जिकिर गरेका छन् ।

Tata
GBIME
Nepal Life