काठमाडौं । पर्फेक्ट टे«डर्स प्रालिले प्लेयर ब्रान्डको घिउकुमारी जुस विक्री सुरु गरेको छ । कम्पनीले विभिन्न सहरमा स्वास्थ्य सचेतना कार्यक्रम गर्दै जुसको विक्री सुरु गरेको हो । जुसको सेवनले ग्यास्ट्रिक, न्युन रक्तचाप, मधुमेह, दम, अल्सर, युरिक एसिडजस्ता रोगको न्युनीकरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले लाहान, वुटवल र काठमाडांैमा स्वास्थ्य सचेतना गर्दै जुसको औपचारिक विक्री सुरु गरेको हो । जुस पूर्ण रुपमा प्राङगारिक भएको कम्पनीको दावी छ । जुसले अन्तर्राष्ट्रिय रुपमा विभिन्न प्रमाणिकरण नै पाइसकेको छ ।
