
काठमाडौं । फोटोजर्नालिस्ट क्लबले हरेक बर्ष आयोजन गर्ने नेपालकै ठूलो र सर्बाधिक पुरस्कार राशी रहेको फोटो प्रतियोगिता तथा प्रदर्शनीको नेपाल स्माईल बिधामा पुर्बाञ्चल ल्युब आयल ( पिएलओ ) ले प्रायोजन गरेको छ । यस बर्ष गरिने आईएमई–ग्लोबल आईएमई बैंक नेपाल फोटो कन्टेस्ट २०६९ अन्तर्गत च्यारीटी फन्डका लागि राखिएको पिएलओ लुब्रिकेन्टस नेपाल स्माईल बिधाका लागि पिएलओले एक लाख ३० हजार नगद र ७० हजार बराबरको अन्य सामान उपलब्ध गराउने छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा पिजेक्लबका तर्फबाट क्लबका अध्यक्ष प्रकाश माथेमा र पिएलओ लुब्रिकेन्टका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक भोलेश्वर दुलाल ( भोला )ले संझौता पत्रमा हस्ताक्षर गरे ।
पुरस्कार राशी र अन्य खर्च कटाएर बाँकी रहेको रकम, पिएलओ लुब्रिकेन्टस नेपाल स्माईल बिधाका फोटो बिक्रिबाट उठेको रकम जम्मा गरि च्यारीटीको लागि फन्ड जम्मा गरिनेछ । ट्विट फर कज र फोटोजर्नालिस्ट क्लबले पहिचान गरेका असहाय बालबालिका पढ्ने स्कूललाई यो रकम हस्तान्तरण गरिने छ ।
यो बिधा अन्य बिधाका नियमभन्दा फरक छ । पिएलओ लुब्रिकेन्टस नेपालमा उत्पादन हुने स्वदेशी लुब्रिकेन्टस सबैभन्दा बढि बिक्रि हुने तथा कम्पनीबाट उत्पादित स्टार ग्रिस नेपाली बजारमा ठूलो हिस्सा ओगटेको सोमवार जारी प्रेस विज्ञप्तिमा छ । कार्यक्रममा पिएलओ का प्रबन्ध निर्देशक दुलालले आफ्नो कम्पनीले हरेक बर्ष आम्दानीको २० प्रतिशतभन्दा बढी समाज सेबामा खर्च गर्दै आएको र क्लबसँग पनि आउँदा बर्षमा सहकार्य गर्न इच्छुक रहेको बताए । दुलालले पिएलओ लुब्रिकेन्टस प्रयोगका कारण मोटरसाईकल बिग्रिए नयाँ किनीदिने बताए ।