BIZMANDU
www.bizmandu.com

पिएलओ लुब्रिकेन्टसले च्यारीटी फन्डका लागि पिजे क्लव सहकार्य गर्ने, दुई लाख रुपैयाँ स्पोन्सर

२०७० जेठ २७

पिएलओ लुब्रिकेन्टसले च्यारीटी फन्डका लागि पिजे क्लव सहकार्य गर्ने, दुई लाख रुपैयाँ स्पोन्सर
पिएलओ लुब्रिकेन्टसले च्यारीटी फन्डका लागि पिजे क्लव सहकार्य गर्ने, दुई लाख रुपैयाँ स्पोन्सर


काठमाडौं । फोटोजर्नालिस्ट क्लबले हरेक बर्ष आयोजन गर्ने नेपालकै ठूलो र सर्बाधिक पुरस्कार राशी रहेको फोटो प्रतियोगिता तथा प्रदर्शनीको नेपाल स्माईल बिधामा पुर्बाञ्चल ल्युब आयल ( पिएलओ ) ले प्रायोजन गरेको छ । यस बर्ष गरिने आईएमई–ग्लोबल आईएमई बैंक नेपाल फोटो कन्टेस्ट २०६९ अन्तर्गत च्यारीटी फन्डका लागि राखिएको पिएलओ लुब्रिकेन्टस नेपाल स्माईल बिधाका लागि पिएलओले एक लाख ३० हजार नगद र ७० हजार बराबरको अन्य सामान उपलब्ध गराउने छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा पिजेक्लबका तर्फबाट क्लबका अध्यक्ष प्रकाश माथेमा र पिएलओ लुब्रिकेन्टका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक भोलेश्वर दुलाल ( भोला )ले संझौता पत्रमा हस्ताक्षर गरे ।

पुरस्कार राशी र अन्य खर्च कटाएर बाँकी रहेको रकम, पिएलओ लुब्रिकेन्टस नेपाल स्माईल बिधाका फोटो बिक्रिबाट उठेको रकम जम्मा गरि च्यारीटीको लागि फन्ड जम्मा गरिनेछ । ट्विट फर कज र फोटोजर्नालिस्ट क्लबले पहिचान गरेका असहाय बालबालिका पढ्ने स्कूललाई यो रकम हस्तान्तरण गरिने छ ।
यो बिधा अन्य बिधाका नियमभन्दा फरक छ । पिएलओ लुब्रिकेन्टस नेपालमा उत्पादन हुने स्वदेशी लुब्रिकेन्टस सबैभन्दा बढि बिक्रि हुने तथा कम्पनीबाट उत्पादित स्टार ग्रिस नेपाली बजारमा ठूलो हिस्सा ओगटेको सोमवार जारी प्रेस विज्ञप्तिमा छ । कार्यक्रममा पिएलओ का प्रबन्ध निर्देशक दुलालले आफ्नो कम्पनीले हरेक बर्ष आम्दानीको २० प्रतिशतभन्दा बढी समाज सेबामा खर्च गर्दै आएको र क्लबसँग पनि आउँदा बर्षमा सहकार्य गर्न इच्छुक रहेको बताए ।  दुलालले पिएलओ लुब्रिकेन्टस प्रयोगका कारण मोटरसाईकल बिग्रिए नयाँ किनीदिने बताए ।

Tata
GBIME