असोजमा फर्निचर र फर्निसिङ्गको मेला, किचनदेखि बाथरुम फिटिङ्गसम्मका सामान

बिजमाण्डू
२०६९ साउन ११ गते ००:०० | Jul 26, 2012
असोजमा फर्निचर र फर्निसिङ्गको मेला, किचनदेखि बाथरुम फिटिङ्गसम्मका सामान

काठमाडौं । फर्निचर तथा फनिर्सिङ व्यवसायीहरुले असोज ११ देखि १५ गतेसम्म फर्निचर तथा फर्निसिङ्ग एक्स्पो १२ गर्ने भएका छन् । बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल फर्निचर तथा फर्निसिंग संघले मेला भृकुटीमण्डप स्थित प्रर्दशनी हलमा आयोजना गर्ने जानकारी दिएको हो ।
जुम इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्न लागिएको मेलामा घर तथा कार्यालय फर्निचर, किचन, बाथरुम फिटिङ, बेतका फर्निचर, एक्सटेरियर, इन्टेरियर, स्टिल, आल्मुनियम, पेन्ट, कार्पेट, मार्वलका उत्पादनहरु हेर्न पाइनेछ ।

पहिलो पल्ट आयोजना गर्न लागिएको फर्निचर तथा फर्निसिङ्ग मेलामा उत्पादक, बिक्रेता र क्रेता लाभान्वित हुने संघले विश्वास लिएको छ । मेलाले आगन्तुकलाई नेपलाी बजारमा फर्निचर र फर्निसिङ्गका कस्ता सामान पाइन्छ भन्ने जानकारी दिने पनि आयोजकले जानकारी दिएका छन् । नेपालमा रहेका फर्निचर तथा फर्निसिंग ब्यवसायीहरुको हकहीत संरक्षण र संबद्र्धनका लागि २०५६ मा नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ स्थापना भएको हो

Tata
GBIME
Nepal Life