मनकानमनाले एनबी बैंकको संस्थापक सेयर लिलाम गर्दै, आइतबार १३ लाख कित्ता लिलाम हुने

बिजमाण्डू
२०७० जेठ १७ गते ००:०० | May 31, 2013
काठमाडौं । मनकामना विकास बैंकले धितोमा रहेको नेपाल बंगलादेश बैंकको संस्थापक सेयर लिलाम गर्ने भएको छ । बैंकले आउँदो आइतबार १३ लाख १७ हजार १२ कित्ता सेयर लिलाम गर्ने भएको हो ।
बैंकले क्यापिटल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज र मनास्लु इन्भेष्टमेन्टको नाममा रहेको सेयर धितो सेयर लिलामीमा चढाएको हो । मार्जिन लेन्डिङ शिर्षकमा लगेको कर्जा नतिरेपछि बैंकले सेयर लिलामी गर्ने भएको हो । लिलामी गरिएपनि संस्थापक सेयर किन्न भने राष्ट्र बैंकको स्विकृति अनिवार्य हुन्छ । सेयर किन्नेलाई राष्ट्र बैंकले स्विकृति दिएपछि मात्र उसको नाममा सेयर नामसारी हुन्छ ।
क्यापिटल इन्भेष्टमेन्टले ७ लाख १४ हजार ७ सय ९२ कित्ता सेयर धितोमा राखेको थियो । यसका सञ्चालक सुनन्दवहादुर श्रेष्ठ हुन् । मनास्लु इन्भेष्टमेन्टका सञ्चालक दीपकनरसिंह श्रेष्ठ हुन् । कम्पनीले ६ लाख २ हजार २ सय २० कित्ता सेयर धितोमा राखेर ऋण लिएको थियो ।

Tata
GBIME