एसफोर पछि सामसङले एसफोर मिनी बजारमा उतार्यो, ४.३ इन्चको स्क्रिन, १०७ ग्राम तौल

बिजमाण्डू
२०७० जेठ १७ गते ००:०० | May 31, 2013
एसफोर पछि सामसङले एसफोर मिनी बजारमा उतार्यो, ४.३ इन्चको स्क्रिन, १०७ ग्राम तौल

न्युयोर्क । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस फोरको मिनी भर्सन पनि बजारमा ल्याएको छ । यो मोवाइलमा एस–फोरमा उपलब्ध सबै सुविधा रहेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । ४.३ इन्चको क्युएचडी सुपर अमोल्ड डिस्प्ले भएको सामसङ एस फोर मिनीको तोल जम्मा १०७ ग्राम मात्र छ । एस फोरकोको स्क्रिन पाँच इन्च फराकिलो थियो ।

१.७ गिगाहर्ज डुअर कोर प्रोसेसर भएको यो स्मार्टफोनको पछिल्लो भागमा आठ मेगापिक्सेलको क्यामरा छ भने अघिल्ले भागमा १.९ मेगापिक्सेलको क्यामरा छ । सामसङका अनुसार एसफोर मिनीले खिचेका तस्वीरहरु आफै प्रयोगकर्ताको टाइमलाइनमा गएर सुरक्षित बस्छन् । यो मोवाइलका प्रयोगकर्ताहरुले गु्रप प्ले फिचर प्रयोग गरी एकै समयमा उही गीत सुन्न सक्छन्, च्याट गर्न, एनिमेशन, भिडियो र भ्वाइस रेकर्डिङ्ग गर्न तथा च्याट अन प्रयोग गरेर कुराकानी पनि गर्न सक्ने कम्पनीले जारी विज्ञप्तिमा छ ।
ग्यालेक्सी एसफोर मिनी सेतो र कालो दुई रंगमा उपलब्ध हुनेछ, त्यसैगरी खरिदकर्ताको चाहनाअनुसार मोवाइलमा फोरजी एलटिई, थ्रिजी एचएसपीए वा थ्रिजी डुअल सीम छान्न सकिने व्यवस्था छ । गत साता सामसङले ग्यालेक्सी एसफोर सार्वजनिक गरेको एक महिना भित्र एक करोड सेट विक्री भएको जानकारी दिएको थियो ।
कम्पनीले अप्रिल २६ मा ग्यालेक्सी एसफोरलाई विश्वभर एक साथ विक्रीका लागि बजारमा ल्याएको थियो । कम्पनीको एस थ्रीलाई एक करोडको सेट विक्री गर्न ५० दिन लागेको थियो । बजारमा ठूलो माग आएपछि एसफोरको वितरणमा ढिलाइ भैरहेको छ । सन् २०१२ मे महिनामा सार्वजनिक भएको एस थ्रीको अहिलेसम्म छ करोड मोवाइल सेट विक्री भैसकेका छन् ।

Tata
GBIME
NLIC