नेप्सेमा सुधार भएन, तर सूचक पाँच सय अंक माथि, कारोवार रकम भने बढ्न थाल्यो

बिजमाण्डू
२०७० जेठ १६ गते ००:०० | May 30, 2013

काठमाडौं । साताको अन्तिम दिन बिहिवार नेप्सेमा सुधार भएन, तर पनि सूचक पाँच सय अंकभन्दा माथि नै रह्यो । बैकिङ्ग, जलविद्युत र फाइनान्स समूहको सूचकमा गिरावट रह्यो, होटल, विकास बैंक र इन्सुरेन्स समूहमा भएको सामान्यवृद्धिले नेप्सेलाई घट्नबाट रोक्न सकेनन् । सूचक ०.६७ अंक तल झरेपछि बजार ५००.०९ अंकमा बन्द भयो । गत मंगलवारको कारोवारमा नेप्से पाँच सय अंक माथि उक्लिएको थियो ।
बिहिवार नेप्सेमा सात करोड ११ लाख रुपैयाँको सेयर कारोवार भयो । नेप्से पाँच सय अंक तल झर्दा कारोवार दुईदेखि पाँच करोडको बीचमा रहेको थियो । तर सूचक पाँच सय अंक माथि चढेपछि कारोवार रक मभने पाँच करोड माथि हुँदै आएको छ ।

Tata
GBIME