त्रिवेणी विकास बैंकले हकप्रद सेयर दिने, ७ करोड ४५ लाखको हकप्रद, विक्री प्रबन्धक एस क्यापिटल

बिजमाण्डू
२०७० जेठ १६ गते ००:०० | May 30, 2013
काठमाडौं । भरतपुर चितवनस्थित त्रीवेणी विकास बैंक लिमिटेडले लगानीकर्तालाई हकप्रद सेयर दिने भएको छ । बैंकले ७ लाख ४५ हजार  १८१ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो । बैंकले हकप्रद सेयर निस्कासनका लागि एस क्यापिटललाई निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।
अहिले बैंकको पुँजी २४ करोड ८३ लाख ९३ हजार रुपैयाँ छ । सेयर निस्कासनपछि पुँजीमा ७ करोड  ४५ लाख  १८ हजार रुपैयाँ थपिने छ । विक्री प्रबन्धक नियुक्ती सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सागरकुमार घिमिरे र एस क्यापिटलका प्रबन्ध सञ्चालक रामेश्वर पोखरेलले हस्ताक्षर गरेका छन् ।

Tata
GBIME