राष्ट्र बैंक सञ्चालक शम्भुशरण कायस्थको पदावधि सकियो

बिजमाण्डू
२०६९ साउन १० गते ००:०० | Jul 25, 2012

काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक शम्भुशरण कायस्थको अवधि सोमवारबाट सकिएको छ । उनी २०६४ साउन ८ गते राष्ट्र बैंक सञ्चालक नियुक्त भएका थिए । कायस्थको म्याद सकिएपछि राष्ट्र बैंकमा फेरी एउटा सञ्चालक पद खाली भएको छ । केही महिना अघि विश्वम्भर प्याकुरेल र पार्थिवेश्वरप्रसाद तिम्सिना म्याद सकिएपछि राष्ट्र बैंकको सञ्चालकबाट विदा भएका थिए । सरकारले डा. रामहरी अर्याल र श्रीराम पौडेललाई सञ्चालक बनाएको थियो । राष्ट्र बैंक सञ्चालकमा गभर्नर, दुई डेपुटी गभर्नर, अर्थसचिव र तीन जना विशेषज्ञ हुन्छन् ।

Tata
GBIME
Nepal Life