मनाङमा निजी क्षेत्रको पनि बैंक पुग्यो, ग्लोबल आइएमइ पुग्यो कञ्चनपुर, प्रभु बिराटनगरमा



बिजमाण्डू
२०७० बैशाख २४ गते ००:०० | May 7, 2013


काठमाडौं । प्रभु फाइनान्सले विराटनगरमा आफ्नो ४० औं शाखा सोमवारदेखि संचालनमा ल्याएको छ । औद्योगिक नगरी विराटनगरको रंगेली रोडमा स्थापना भएको यो शाखाको उद्घाटन कम्पनीका प्रमुख कायकारी अधिकृत अशोक शेरचनले गरे । सात अर्व ५० करोडको निक्षेप रहेको फाइनान्सले विराटनगर र यस वरपरका स्थानमा सरल र सहजरुपमा बैंकिंग सेवा उपलव्ध गराउने उद्धेश्य लिएको छ । शाखा सन्जाल, निक्षेप, कर्जा एवं ग्राहक संख्याको आधारमा नेपालको सवैभन्दा ठूलो फाइनान्सको रुपमा आफूलाई स्थापना गर्न सफल फाइनान्सले अन्य शाखाहरुमा जस्तै यस शाखामा पनि सम्र्पूण बैकिंग सेवा उपलब्ध हुने जानकारी दिएको छ । फइनान्सलले अघिल्लो साता मात्रै वीरगञ्जमा ३९ औं शाखा स्थापना गरेको थियो ।

Tata
GBIME
Zonsen

काठमाडौं । पोखराको सिटी डेभलपमेण्ट बैंक लिमिटेडले मनाङको चामेमा शाखा विस्तार गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, प्रमुख जिल्ला अधिकारी हरीप्रसाद बास्तोला र बैंकका अध्यक्ष राजेन्द्रकुमार बाटाजुले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । बैंकको यो नवौं शाखा हो ।
सिटी बैंक मनाङमा शाखा खोल्ने निजि क्षेत्रको पहिलो बैंक हो । यसअघि सरकारी स्वामित्वका नेपाल बैंक र कृषि बिकास बैंकको शाखा थियो । बाटाजुका अनुसार बैंकले शाखाबाट छिटो छरितो सेवा बिस्तार गर्नुका साथै लघुवित्त कार्यक्रममार्फत बिना धितो ऋण लगानी गर्ने छ ।
यसैगरी ग्लोबल आइएमइ बैंकले कञ्चनपुरमा शाखा खोलेको छ । बैंकको यो ६४औं शाखा हो । शाखाको उद्घाटन बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । शाखामा बैंकले एटिएम पनि जडान गरेको छ ।