सामसङ्ग ग्यालेक्सी एसफोर आजदेखि नेपाली बजारमा, मूल्य ७२ हजार, यही सेटमा एनसेलको अफर



बिजमाण्डू
२०७० बैशाख २२ गते ००:०० | May 5, 2013
सामसङ्ग ग्यालेक्सी एसफोर आजदेखि नेपाली बजारमा, मूल्य ७२ हजार, यही सेटमा एनसेलको अफर

काठमाडौं । सामसङ्गको ग्यालेक्सी एस फोर नेपाली बजारमा उपलब्ध हुन थालेको छ । ७१ हजार नौ सय रुपैयाँ मूल्य पर्ने यो मोवाइलको अहिले बुकिङ्ग चलिरहेको छ । कम्पनीले आइतवार साँझ कार्यक्रमको आयोजना गरेर सामसङ्ग एस फोरको लञ्च गर्दैछ । सामसङको स्थानीय अधिकृत विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेजले अग्रिम बुक गर्ने ग्राहकका लागि दुई हजार रुपैयाँ मूल्य बराबरको फिल्प कभर उपलब्ध गराउनेछ । कम्पनीले मोवाइल मासिक किस्तावन्दीमा उपलब्ध हुने समेत जानकारी दिएको छ । मोवाइलको कम्पनीले नै इन्सुरेन्स गर्ने व्यवस्था गरेको छ ।

एनसेलको एसफोर अफर
एनसेलले ग्यालेक्सी एसफोर मोवाइल खरिदमा एनसेलको इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ । मोवाइलमा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउन यस्तो प्याकेजको अफर एनसेलले ल्याएको हो । २२ बैसाखदेखि लागू हुनेगरी ग्राहकले एसफोर खरिदमा एक जीबी बराबरको इन्टरनेट भौचर कुपन प्राप्त गर्ने कम्पनीले शनिवार जारी प्रेस विज्ञप्तिमा छ । प्राप्त भौचर एनसेलको सिम भएका ग्राहकले सिधै एसएमएस, आइभिआर वा युएससिडीबाट क्रियाशिल गरी इन्टरनेट चलाउन सक्ने जानकारी दिएको छ । एनसेलको सिम नभएका ग्राहकले भने भौचर लगी कुनै पनि एनसेल सेन्टरबाट सजिलो ट्यारिफअन्र्तगत एउटा सिम काडए । त्यसमा एक जीबीको इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने जानकारी दिएको छ ।
के छन् एसफोरमा सुविधा
एन्ड्रोइडको पछिल्लो पुस्ता जेली बीन र नेक्स्ट जेनेरेशन हार्डवेयरसहितको एस फोरले एप्पलको आइफोन, नोकियाको लुमिया ९२०, सोनीको एक्सपीरया जेड लगायतका ठूला स्मार्टफोन कम्पनीलाई कडा टक्कर दिनेछ ।  सामसङ्गले हरेक पटक हार्डवेयरलाई ध्यानमा राखेर काम गर्दछ, तर यसपटक कम्पनीले सफ्टवेयरमा पनि काम गरेको छ । एस फोरमा नविनत्तम प्रविधिको प्रयोग गरिएको छ । यसमा कैयौं युनिक फिचरहरु छन्, जसले उपभोक्तालाई आर्कषित गर्ने अनुमान कम्पनीले गरेको छ ।

Tata
GBIME
Zonsen

यो मोवाइलमा गेस्चरमा आधारित कन्ट्रोलको व्यवस्था गरिएको छ अर्थात स्क्रिनलाई टन गरे विना नै यो मोवाइलबाट कयौं काम गर्न सकिन्छ ।  अघिल्लो पट्टिको क्यामराको मद्दतले उपभोक्तालाई स्मार्ट एक्सन परफरमेन्सको सुविधा दिन्छ । जस्तो कुनै युजरले स्क्रिनमा भिडियो हेरिरहेको छ, यदी उसले स्त्रिनलाई  नछोइकनै मुख अर्को कतै मोडिदिएयो भने भिडियो आफै रोकिन्छ । जस्तो युजरले फोनमा केही पढिरहेको छ भने स्क्रोल डाउन गर्न आवश्यक छैन्, मात्रा अनुहारलाई माथिबाट तल चलाएपछि स्क्रिन आफै तल जान्छ, स्क्रिनलाई छुनु पर्दैन । मोवाइलमा ट्रान्सलेटरको सुविधा छ, यसले आवाजको आधारमा नौ वटा भाषामा ट्रान्सलेट गर्ने क्षमता राख्छ ।

मोवाइलमा लगाइएको अघि र पछिको क्यामराले भिडियो क्याप्चर गर्न सक्षम छ । ग्यालेक्सी एस फोरमा एक्जोनस ५४१० प्रोसेसर छ, यो आठ कोरको प्रोसेसर हो , त्यसममा १.८ गिगाहर्जको प्रोसेसर छ भने बाँकी चारमा १.२ गिगाहर्जको प्रोसेसर छ । मोवाइल फुल एचडी प्रविधि अर्थात १९२०/१०८० पिक्सेल छ । मोवाइलको प्राइमरी क्यामरा १३ मेगापिक्सेलको छ भने फ्रन्टमा लगाएको क्यामेराले दुई मेगापिक्सेलमा तस्वीर लिन सक्छ । दुवै क्यामराले पूर्ण रुपमा एचडी भिडियो खिच्न सक्छन् ।

मोवाइलमा आन्तरिक रुपमा १६, ३२ र ६४ जिबिको मेमोरी क्षमता छ, त्यसबाहेक ६४ जिबिसम्मको अर्को एसडी कार्ड प्रयोग गर्न सकिन्छ । मोवाइलको व्याट्रि २६ सय एम्पियरको छ र मोवाइलको तौल १३० ग्राम छ ।   सामसङ इलेक्ट्रोनिक्सका प्रमुख जेके सिनले मोवाइल सार्वजनिक गर्दै भनेका थिए, हामीले प्रविधि र इनोभेसनलाई यस तरिकाले उपयोग गरेका छौं, ताकि त्यो हाम्रो काममा आउन सकोस् । हामी नयाँ नयाँ सोंच राख्छौं, तपाईंको सुझाव लिन्छौं, त्यसपछि हामी तय गर्छौं आखिर एउटा स्मार्टफोनमा के–के चाहिन्छ ?

 यो मोवाइल फोनको मूल्य हरेक देशमा अलग अलग हुनेछ, भारतमा यो मोवाइलको मूल्य ४० हजार भारुको आसपास छ, नेपालमा ७२ हजार रुपैयाँ पर्ने छ ।

आइफोनलाई टक्कर

ग्यालेक्सी एस फोरले फाइफोनलाई कडा टक्कर दिने अनुमान गरिएको छ । रिसर्च संस्था आइडिसिका अनुसार सामसङ्गले २०१२ मा सबैभन्दा बढी स्मार्टफोन विक्री गरेको थिया, यो विक्रीको आधारमा सामसङ्गको हिस्सा ३० प्रतिशत र एप्पलको हिस्सा १९ प्रतिशत थियो । तर आम्दानीको हिसावमा सामसङ्गभन्दा एप्पल अघि थियो । एस फोरले सामसङ्गलाई स्मार्टफोन विक्रीको संख्यामा मात्र होइन आम्दानीमा पनि अघि पुर्याउने सम्भावना औंल्याइएको छ ।