
नयाँदिल्ली । भारतको टेलिकम कम्पनी भारती एयरटेलले आफ्नो पाँच प्रतिशत सेयर हिस्सेदारी दोहाको कम्पनी कतार फाउण्डेशन इन्डोमेन्टलाई विक्री गरेको छ । कम्पनीले १९ करोड ९८ लाख कित्ता सेयर कतार फाउण्डेशनलाई ६८ अर्ब भारुमा विक्री गर्ने निर्णय गरेको हो । समझदारी अनुसार भारती एयरटेलले कतार फाउण्डेशनलाई विक्री गर्न नयाँ सेयर जारी गर्नेछ । यो सेयर फाउण्डेशनले प्रतिकित्ता ३४० को दरमा विक्री गर्न लागेको हो । हामी उच्च क्षमताको नयाँ संस्थागत सेयरधनीलाई कम्पनीमा स्वागत गर्न पाउँदा खुशी छौं, कम्पनीका अध्यक्ष सुनिल भारती मित्तलले जारी विज्ञप्तिमा छ ।