नेप्सेमा बृद्धि जारी, बुटवल पावरका सेयरधनीले गुमाए, नेरुडेका सेयरधनीले कमाए

बिजमाण्डू
२०६९ साउन ८ गते ००:०० | Jul 23, 2012
नेप्सेमा बृद्धि जारी, बुटवल पावरका सेयरधनीले गुमाए, नेरुडेका सेयरधनीले कमाए


काठमाडौ । अघिल्लो दिनको बृद्धिलाई पछ्याउँदै नेप्से परिसुचकले सोमबार पनि निरन्तरता दिएको छ । सोमबार नेप्से परिसूचक ३.६२ अंकले बढदै ४०९.३५ अंकमा रहेको छ । बैंकिङ उप–सूचकमा देखिएको १.६१ प्रतिशतको बृद्धिले समग्र परिसूचकमा नै सकारात्म असर पारेको हो । सोमबार बैंकिङ बोहक विकास बैंक, वित्त, विमा र अन्य समूहको परिसूचकमा पनि बृद्धि देखिएको छ ।  
आर्थिक वर्षको समाप्तीपछि बैंकहरुले धमाधम वित्तीय विवरणहरु सार्वजिक गर्ने भएकाले उच्च नाफा एवं लाभांशको आशामा वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्दा सो समूहको परिसूचकमा बृद्धि भएको हो । हालसम्म बाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक नगरे पनि केहि बैंकहरले राम्रो मुनाफा आर्जन गरेको सूचना प्राप्त भएको हुँदा लगानीकर्ताहरु समग्र बैंकिङ क्षेत्रप्रति आशावादि छन् ।  
सोमबार अघिल्लो दिनको तुलनामा कारोबर रकम करिव ९ करोडले बृद्धि भई ९ करोड १३ लाखको कारोबार भएको छ । कारोबार हुने कम्पनीको संख्या भने ८३ बाट घटेर ७१ मा आएको छ । आईतबार झै उच्च कारोबार गर्ने कम्पनीमा चिलिमे हाईड्रोपावर र बैंक अफ काठमाण्डौ नै रहेका छन । चिलिमेको एक करोड र विओकेको ७७ लाख रुपैंयाको सेयर कारोबार भएको छ ।
सोमबार बुटबल पावर कम्पनीका सेयरधनी बढि गुमाउनेमा परे भने नेरुडे लघुवित्त विकास बैंकका सेयरधनी धेरै कमाउनेमा परेका छन् । बुटवलको सेयर मूल्य प्रति सेयर ३६ रुपैंया (६.२४ प्रतिसत) ले घटेर ५४१ मा आएको छ भने नेरुडेको प्रति सेयर ३४ रुपैंया (८.४८ प्रतिसत) ले बढेर ४३५ पुगेको छ । गत वर्ष उच्च लाभांश दिएको नेरुडेले यस वर्ष पनि उच्च लाभांश दिने आशामा लगानीकर्ता छन् ।  
 
    
    

Tata
GBIME
Nepal Life