विश्व बैंकको दुई परियोजनामा नेपाललाई सहयोग, खाद्य सुरक्षा र वातावरणमा ६ अर्ब ७१ करोड दिने



बिजमाण्डू
२०७० बैशाख १८ गते ००:०० | May 1, 2013
विश्व बैंकको दुई परियोजनामा नेपाललाई सहयोग, खाद्य सुरक्षा र वातावरणमा ६ अर्ब ७१ करोड दिने
काठमाडौं । विश्व बैंकले नेपाललाई ७ करोड ७६ लाख अमेरिकी डलर (६ अर्ब ७१ करोड रुपैयाँ) आर्थिक सहयोग गर्ने भएको छ ।
सहयोग सम्झौतामा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी र विश्व बैंककी नेपाल प्रमुख तसिन सयेदले हस्ताक्षर गरेका छन् ।
दुई वटा परियोजनाका लागि सहयोग सम्झौता भएको हो । सहयोग रकममध्ये ४ करोड ६६ लाख डलरनेपालको कृषि तथा खाद्य सुरक्षा परियोजना र वाँकी ३ करोड १० लाख डलर भने वातावरण क्षेत्रमा खर्च गरिने छ ।
खाद्य सुरक्षाको रकम मध्य र सुदूर पश्चिममा खर्च हुने छ । यो रकमले त्यहाँका खाद्य सुरक्षामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 
 

Tata
GBIME
Zonsen