
काठमाडौं । सुनको मूल्यमा मंगलवारदेखि ब्रेक लागेको छ, आन्तरिक बजारमा सुनको मूल्य प्रतितोला ५३ हजारबाट तल झरेको छ । मंगलवारका लागि नेपाल सुन चाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य ५२ हजार आठ सय रुपैयाँ तोकेको हो । सुनको मूल्य दुई साता अघि दुई वर्षको तल्लोस्तरमा पुगे यता निरन्तर बढिरहेको थियो । गत शुक्रवार प्रतितोला ५३ हजार रुपैयाँको स्तरमा आएको सुन त्यसयता सोमवारसम्म स्थिर रहेको थियो । मंगलवारका लागि चाँदीको मूल्य भने स्थिर छ ।