काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले लगानीकर्तालाई सोमबारबाट हकप्रद सेयर निस्कासन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५ लाख ६० हजार कित्ता हकप्रद सेयर निस्कासन गरेको हो । कम्पनीको हकप्रद सेयरको निस्कास बन्द बैशाख १९ गते हुने छ । कम्पनीले एक कित्ता बराबर २ सेयर दिने भएको हो । कम्पनीको सेयर निस्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड छ । सिर्जनाको प्रति सेयर ९४ रुपैयाँका दरले नेपाल स्टक एक्सचेन्जमा कारोबार भइरहेको छ । कम्पनीको २२ लाख ८० हजार कित्ता सेयर सुचिकृत छ । पुँजी वृद्धि गर्नु पर्ने वाध्यताले कम्पनीले हकप्रद वितरण गर्न लागेको हो । अंकित मूल्यभन्दा ६ रुपैयाँ कममा कारोबार भइरहेकाले लगानीकर्ताले यसको सेयरमा पैसा नथप्न सक्छन् । कम्पनीले गत पुससम्म ३७ लाख रुपैयाँ नाफा गरेको थियो । पुसमा कम्पनीको चुक्ता पुँजी ६ करोड ३१ लाख रुपैयाँ छ ।
