स्कोडाको र्यापिड दुई सातापछि काठमाडौंमा दौडने, ३० लाख पर्ने गाडीको बुकिङ सुरु

बिजमाण्डू
२०६९ साउन ८ गते ००:०० | Jul 23, 2012
स्कोडाको र्यापिड दुई सातापछि काठमाडौंमा दौडने, ३० लाख पर्ने गाडीको बुकिङ सुरु


काठमाडौं । नेपाली बजारमा चाँडै स्कोडा र्यापिड दौडने भएको छ । स्कोडा गाडीहरुको आधिकारिक विक्रेता मोरङ अटो वर्कस्ले बजारमा नयाँ गाडी स्कोडा र्यापिड विक्री सुरु गर्न लागेको हो । स्कोडाको र्यापिड अर्को दुई सातापछि नेपाली बजारमा आउने छ । कम्पनीले यसको बुकिङ खुला गरिसकेको  छ । मोरङ अटो वर्कस्ले स्कोडा र्यापिडका तीन वटा भर्सन ल्याउने छ । कम्पनीले एक्टिभ, एम्विसन र एलिगेन्स भर्सन बजारमा ल्याउन लागेको हो । यी तीन वटै भर्सन पेट्रोलबाट चल्ने गाडी हुन् । नेपाली बजारको अवस्था हेरेर डिजेल गाडी पनि ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ भर्सनका सबै गाडी ग्राहकले मन पराउने दावी गरेको छ । नयाँ गाडी सँगै कम्पनीको बजार हिस्सासमेत वढेर जाने बताइएको छ । नयाँ गाडीले १०.७ सेकेन्डमा शुन्यबाट सय किलोमिटर प्रतिघण्टाको  गति लिन सक्ने छ । गाडीको उच्चतम गति १८८ किलोमिटर प्रतिघण्टा छ । र्यापिड एक्टिवको मूल्य ३१ लाख २० हजार, एम्विसनको ३३ लाख ७० हजार र एलिगेन्सको ३६ लाख ७० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

Tata
GBIME